चीनका कारण अमेरिका र बेलायतका जहाजलाई सोलोमन टापुको बन्दरगाहमा प्रवेश निषेध


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

सोलोमन टापु फेरि विश्वभर चर्चामा आएको छ । यसको कारण हो, अमेरिका र बेलायतको तटरक्षक जहाजलाई आफ्नो बन्दरगाहमा आउन नदिनु । वास्तवमा, विगतमा यूएस कोस्ट गार्डका ओलिभर हेनरी र बेलायती नौसेनाको जहाज एचएमएस स्पे इन्धन भर्नको लागि सोलोमन बन्दरगाहमा आउनुपर्ने थियो।

यसका लागि सोलोमन सरकारलाई सम्पर्क गरिएको थियो तर त्यहाँबाट कुनै प्रतिक्रिया आएको थिएन। यस कुराको पुष्टि अमेरिकी कोस्ट गार्ड प्रो क्रिस्टिन क्यामले गरेका छन्।

उनले भने- ‘सोलोमनले अमेरिकी जहाजबाट प्राप्त कूटनीतिक क्लियरन्सको जवाफ दिएनन्।’

चीनको दबाबमा सोलोमन सरकारले यो कदम चालेको अमेरिकाको विश्वास छ । अमेरिकाले छिट्टै सोलोमनले आफ्ना जहाजहरूलाई यहाँ आउन अनुमति दिने आशा व्यक्त गरेको छ। यस वर्षको मे महिनामा सोलोमन र चीनबीच रणनीतिक सम्झौता भएको थियो । यस अन्तर्गत सोलोमनले चिनियाँ नौसेनाका जहाजहरूलाई यहाँ लङ्गर गर्न अनुमति दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनले यहाँ आफ्नो सैन्य अखडा बनाउन चाहन्छ कि भनेर सारा विश्वलाई डर छ । तर, चीन र सोलोमनले यसलाई अस्वीकार गर्दै आएका छन् ।

यूएस कोस्ट गार्डका पीआरओ भन्छन् -‘ओलिभर हेनरी दिनचर्या अन्तर्गत सोलोमन टापुहरूमा जाने थिए। चीनसँगको सम्बन्धपछि अमेरिका र सोलोमनसँगको सम्बन्ध चिसिएको छ ।’

सोलोमन टापुहरू दक्षिण प्रशान्त महासागरमा अवस्थित छ। सोलोमन सरकारबाट कुनै प्रतिक्रिया नआएपछि जहाजलाई पपुवा न्यू गिनीमा इन्धन भर्नुपरेको थियो । यस क्षेत्रमा अवैध माछा मार्ने र बढ्दो विवादका कारण अमेरिका, बेलायत, अष्ट्रेलिया र न्युजिल्यान्डका जहाजहरू संयुक्त रूपमा गस्ती गरिरहेका छन् ।

यसका लागि १७ देशहरू सम्मिलित प्यासिफिक आइल्याण्ड फोरम बनाइएको छ। यो सम्पूर्ण घटनाको पछाडिको कारण बेलायतले रोयटर्सलाई दिएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com