भारतको ‘ट्विन टावर’भग्नावशेषमा परिणत


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

भारतको नोएडास्थित सेक्टर ९३ ए मा रहेको विवादास्पद ट्विन टावर भत्काइएको छ । आँखा झिम्केको भरमा करिब ३७०० किलोग्राम बारुदले ट्विन टावरलाई ध्वस्त पारेको थियो । एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका थिए । यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो । यसको उचाइ ३२० फिटभन्दा बढी थियो ।

यो देशमा ढालिएको सबैभन्दा अग्लो बहु तले भवन थियो । यो नोएडाको घना जनसंख्या भएको इलाकामा थियो । सावधानी स्वरुप यी भवन नजिकैका कोलोनीमा बस्ने मानिसहरुको घर खाली गराइएको थियो ।

नोएडा प्राधिकरणका अनुसार सुपरटेकको ट्विन टावर भत्किएपछि प्रभावित क्षेत्रमा पानीका ट्याङ्करहरू, मेकानिकल स्विपिङ मेसिन र स्विपरहरू वातावरण संरक्षणका लागि तैनाथ गरिएको छ।​ नोएडा प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सरसफाईका लागि ६ मेकानिकल स्वीपिङ मेसिन र २०० कामदार खटाइएको छ।

यसका साथै प्रभावित क्षेत्रमा सडक, फुटपाथ, पार्क, मध्यवर्ती किनारा, रुख तथा बोटबिरुवा धुनका लागि १०० वटा पानी ट्याङ्कीको पनि व्यवस्था गरिएको छ । यस अवधिमा वरपरका रुख तथा बिरुवामा रहेको धुलो तुरुन्तै हटाउने काम केही समयमै सुरु गरिने छ । आगामी दिनमा उक्त क्षेत्रमा पानी छर्किने कामसमेत गरिने जानकारी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com