रुसद्वारा युक्रेनको रेलवे स्टेशनमा मिसाइल प्रहार, २२ जनाको मृत्यु, ५० घाइते


प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार

युक्रेनले आफ्नो एउटा रेलवे स्टेशनमा रुसी रकेट आक्रमणमा २२ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमै यतिधेरै जनाको ज्यान जानेगरि यो आक्रमण भएको हो ।

युक्रेनले आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको बताएको छ, जहाँ एक गाडीमा सवार पाँच जना आक्रमणपछि गाडीमै जलेर मृत्यु भएको बताइएको छ । जसमध्ये एक ११ वर्षीय बालक पनि थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको बीचमा आक्रमणको बारेमा जानकारी दिए। यस आक्रमणमा करिब ५० जना घाइते भएको उनले बताए ।

रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, रुसले नागरिक बसोबास गर्ने ठाउँमा आक्रमण नगर्ने बताउँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलेन्स्कीले सुरक्षा परिषद्को बैठकमा बोल्ने तयारी गर्दै गर्दा च्याप्लिनको आक्रमणबारे थाहा पाएको बताए। “यस्तै रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको लागि तयारी गरिरहेको छ,” उनले भने।

चारवटा बोगीमा आगो लागेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने उनले बताए । यसअघि अप्रिलमा पनि एउटा रेलवे स्टेशनमा हमला भएको थियो, जसमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com