१० हजार डलरसम्म विद्यार्थी ऋण मिनाहा गर्ने बाइडेनको घोषणा, ऋण भुक्तानमा स्थगन यो बर्षभर


प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्ने आफ्नो योजना घोषणा गरेका छन् । त्यस्तै ऋणको भुक्तानीमा स्थगनलाई पनि यो बर्षको अन्तिमसम्म विस्तार गर्ने भएका छन् ।

बुधबार बिहान बाइडेनले ट्वीट गर्दै पेल अनुदानमा कलेज गएका कम आय भएकाहरुको मिनाहा रकम अझ बढी हुने बताएका छन् । पेल अनुदानमा कलेज गएकाहरूको २० हजार डलरसम्म विद्यार्थी ऋण मिनाहा गरिने भएको छ । अण्डरग्रयाजुएट संघीय ऋण भएकाहरूले उनीहरूको मासिक आम्दानीको ५ प्रतिशतमा आफ्नो भुक्तानी पनि सीमित गर्न सक्नेछन् ।

ह्वाइट हाउसले संघीय विद्यार्थी ऋण भुक्तानमा अगस्ट ३१ सम्म गरेको स्थगन थप यो बर्षभरी थप्ने र सन् २०२३ बाट भुक्तानी सुचारु गर्ने पनि बाइडेनले बताएका छन् । कोभिड १९ महामारीले अर्थतन्त्रमा ठूलो असर पारेपछि मार्च २०२० देखि अधिकांश संघीय विद्यार्थी ऋणहरूमा भुक्तानी आवश्यक परेको छैन । बाइडेनले यो स्थगन चार पटकसम्म विस्तार गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चक शुमर, एलिजाबेथ वारेन लगायतका केही डेमोक्रेटिक सांसदहरूले ५० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्न आग्रह गर्दै आएका थिए । तर राष्ट्रपतिले विद्यार्थी ऋण मिनाहाको निर्णय लगातार पछाडि धकेल्दै आएका थिए ।

बाइडेनले कुनै पनि अन्य राष्ट्रपतिले भन्दा बढी विद्यार्थी ऋण मिनाहा गरिसकेका छन् । उनको प्रशासनले यस अगाडि पनि लगभग ३१ बिलियन ऋण रद्द गर्ने अधिकार दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com