फिनल्याण्डकी प्रधानमन्त्रीको अर्को लफडा ,’टपलेस फोटोका लागि माफी’


प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार

पार्टीमा गएपछि फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरीन ले अब अर्को विषयमा माफी मागेकी छिन् । उनले आफ्नो सरकारी निवासमा आएका पाहुनाको टपलेस तस्विरका लागि माफी मागेकी हुन ।

केही दिन अगाडि उनको पार्टीको भिडियो भाइरल भएको थियो जसमा उनी नाच्दै, गाउँदै र केही पिउँदै गरेको देखिएको थियो। यसका लागि उनको निकै आलोचना भएको थियो । त्यसपछि उनले आफैंले लागूऔषधको परीक्षण गराएकी थिएन, जसको नेगेटिभ आएको थियो ।

अहिले सार्वजनिक भएको तस्विरमा दुई जना चर्चित प्रभावशाली व्यक्तिलाई जुलाईमा प्रधानमन्त्री निवासमा देखाइएको छ । यी तस्विरहरु मंगलबार सामाजिक सञ्जालमा निकै शेयर भएका छन् । साना मरीनले यी तस्विरहरू ‘अनुचित’ भएको स्वीकार गरेकी छिन्। यसका लागि उनले माफी मागेका छन् ।

तस्बिरमा दुई महिला एकअर्कालाई चुम्बन गरिरहेका छन् । आफूलाई छोप्न उनले हातमा एउटा बोर्ड लिएका छन् जसमा ‘फिनल्याण्ड’ लेखिएको छ । जुलाईमा रुइसरक म्युजिक फेस्टिभलपछि राजधानी हेलसिन्कीस्थित प्रधानमन्त्रीको सरकारी कार्यालय केसरन्टामा पार्टी आयोजना भएको साना मरिनले सोमबार बताइन् ।

फिनल्याण्डका मिडिया रिपोर्टका अनुसार यी तस्विर पाहुनाका लागि बनाइएको वाशरूममा खिचिएका हुन् । साना मरिनले भनिन्, ‘हामीले बस्न, पौडी खेल्यौं र सँगै समय बितायौं। यस्ता तस्बिरहरू खिच्नु हुँदैनथ्यो तर त्यो बाहेक त्यहाँ असाधारण केही भएन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com