६ माइल पौडेर र १२ माइल हिडेर घर आइपुग्यो १० महिनाको ‘रायली’


प्रकाशित मिति : भाद्र १५, २०७३ बुधबार

अमेरिकाको मिसिगनमा हराएको एउटा कुकुर ६ माइल पौडेर र १२ माइल भन्दा धेरै हिडेर घरमा आइपुगेको छ । गत सप्ताहन्तमा कुकुर मिसिगनको तालमा खसेको थियो । एडवार्ड कसस उनकी श्रीमति क्रिस्टिन र उनीहरुको परिवारको कुकुरसँगै एउटा तालमा बोटिङ गर्ने क्रममा १० महिनाको बेल्जियन मालेवा रायली नामको कुकुर तालमा खसेको थियो ।

डुंगाको इन्जिनमा आफूहरु प्राविधिक समस्याबारे जाँच गरिरहदा कुकुर तालमा खसेको एडवार्डले जनाएका छन् । हराएको कुकुर खोज्न एडवार्डले पहल गरेपनि भेटउन सकेनन् । तर अर्कोदिन कुकुर ६ माइल पौडेर र १२ माइलभन्दा धेरै हिडेर घरमा फर्केपछि परिवारमा खुशीयाली छाएको थियो । कुकुर घरमा फर्केपछि एडवार्ड र उनको परिवारले खुशीका आशु खसाल्दै कुकुरलाई अँगालो हालेका थिए ।

HT_dog_02_jef_160830_4x3_992 HT_dog_03_jef_160830_12x5_1600 HT_dog_04_jef_160830_4x3_992

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com