भ्रष्टाचारमा दोषी मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ बर्षका लागि जेल चलान


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक १२ बर्षका लागि जेल चलान भएका छन् । उनलाई दुई वर्षअघि करोडौं डलरको भ्रष्टाचार काण्डमा भाग लिएको अभियोगमा दोषी ठहर गरिएकोमा सर्वोच्च अदालतले उनको अन्तिम अपील खारेज गरेपछि उनी मंगलबार जेल चलान भएका हुन् ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहेको पाँच न्यायाधीशको संघीय अदालतको प्यानलले सर्वसम्मतिले नजिबको अपील आधारहीन भएको ठहर गर्दै भ्रष्टाचारको सातवटा मुद्दामा दोषी ठहर गरेको थियो।

६९ वर्षीय नजिबको जेल चलानले उनका बेलायतमा पढेका छोरा र बयस्क जीवन राजनीतिमा विताएका तथा कैयनपटक मन्त्री भएका उनका भतिजाको राजनीतिमा पनि नकारात्मक असर परेको छ ।

मलेसियाली राजनीतिमा यो ऐतिहासिक क्षण भएको तस्मानिया विश्वविद्यालयका एसियाली अध्ययनका प्राध्यापक र मलेसियाली राजनीतिका विशेषज्ञ जेम्स चिनले बताएका छन् । मलेसियामा प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्री भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएर जेल जानु यो पहिलो पटक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो निर्णयसँगै मलेसियामा उच्च अदालतले स्पष्ट रूपमा राजनीतिबाट आफ्नो स्वतन्त्रता स्थापित गरेको छ । उच्च प्रोफाइल मुद्दामा मलेसिया कानूनबाट शासित भएको पुष्टी भएको छ ।

म्यान अफ स्टिल उपनाम दिइएका नाजिबलाई दुई वर्षअघि एसआरसी इन्टरनेशनलबाट गैरकानूनी रूपमा ९ दशमलव ८ मिलियन डलर गैरकानूनी रुपमा प्राप्त गरेर मनी लान्ड्रिङ गरेको , विश्वासको उल्लंघन गरेको, शक्तिको दुरुपयोग गरेको लगायतका अभियोगमा दोषी ठहर गरिएको थियो । उनले कोषबाट साढे ४ बिलियन डलर गायब पारेको लगायतका थप अभियोगको पनि सामना गरेका थिए ।

कोषबाट हिनामिना भएको रकम एउटा विशाल पानीजहाज किन्न र पिकासोको चित्रकलाको खरिदमा प्रयोग भएको पाइएको थियो । साथै हलिउडको ब्लकबस्टर चलचित्र द वुल्फ अफ वाल स्ट्रिटमा पनि लगानी गरेको पत्ता लागेको थियो । यो चलचित्र नजिबका सौतेनी छोराले निर्माण गरेका थिए।

उनी सन् २००९ देखि २०१९ सम्म प्रधानमन्त्री थिए । आईएमडीबी घोटाला उनको कार्यकालको बीचमा नै देखिन थालेको थियो । तैपनि उनी वर्षौंसम्म बच्न सफल भए भने दोषी ठहरिएपछि पनि संसदमा काम गरिरहे ।

केही विश्लेषकहरूले त उनको राजनीतिक प्रभावलाई लिएर उनीविद्धको अभियोग पुनरावेदनमा उल्टिने अनुमान समेत गरेका थिए । त्यस्तै सरकारमा उनका सहयोगीहरूले आरोप खारेज गर्न सक्ने समेत अनुमान गरेका थिए । तर यी अनुमानहरु विपरित अदालतको फैसला आएपछि उनी जेल चलान भएका हुन् ।

उनलाई १२ वर्षको जेल सजायको अतिरिक्त ५० मिलियन डलर जरिवाना तिर्न आदेश दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com