रुस सरकारद्वारा सर्वसाधारण नागरिकलाई सेनामा भर्ती हुन अपिल,भर्तीभए कैदीलाई पनि छोड्ने


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

रूसको सेन्ट पिटर्सबर्ग नजिकैको भोलोसोभो सहरमा लाउडस्पीकरको आवाज सामान्य भएको छ। रुसका धेरै सहरहरू जस्तै यहाँका सडकहरूमा ठूला-ठूला पोलहरूमा लाउडस्पीकर राखिएको छ। त्यसलाई राष्ट्रिय चाडपर्वमा देशभक्ति गीत बजाउन प्रयोग गरिन्थ्यो, तर अहिले उनीहरु अन्य कारणले प्रयोग भइरहेका छन् । आजकल यसबाट बारम्बार उद्घोष हुन्छ, ‘दुई सशस्त्र बटालियन गठन हुँदैछ, १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरूलाई सहभागी हुन अपिल गर्दछौं।’

यो सन्देश देशका धेरै भागहरूमा दोहोर्‍यो ईएको छ। सामाजिक सञ्जालमा, टिभी र ब्यानरहरूमा, मानिसहरूलाई युक्रेनसँग छोटो अवधिसम्म लड्नका लागि भनिएको छ। लडाइँमा धेरै सैनिकको मृत्यु भएपछि रुसी सेनाले नयाँ मानिसहरूलाई भर्ती गर्ने अभियान चलाएको छ। भोलोसोभोको सडकमा हिडिरहेका एक व्यक्तिलाई सोध्दा भने, ‘यदि म जवान थिएँ, म जान्थें, तर अब म बुढो भएँ।’ त्यसपछि उसले आफ्नो मुट्ठी समात्यो र भन्यो, ‘हामीले तिनीहरूलाई बम हान्नु पर्छ।’

तर धेरैजसो मानिसहरू यसमा कम उत्साही छन्। एउटी महिलाले गुनासो गर्दै भनिन्, ‘यो युद्धको कुरा गर्दा पनि पीडा हुन्छ। भाइहरूलाई मार्नु गलत हो।’ तपाईको नाम के हो भनेर सोध्दा उनले भनिन, ‘किन जान्नु पर्यो त्यहाँबाट शव मात्रै आउँछ। अनि अहिले त शवहरू पनि आउँदैनन् ।’

कति सैनिक मारिए ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसले मृत्युसँग सम्बन्धित तथ्याङ्क दिएको छैन। तर पश्चिमी अधिकारीहरूका अनुसार ७०,००० देखि ८०,००० रुसी सैनिकको मृत्यु भएको छ। नयाँ भर्ना गर्न सरकार धेरै पैसा तिर्न तयार छ । यसका साथै बालबालिकालाई राम्रा विद्यालयमा शिक्षा दिने प्रतिवद्धता पनि गरिरहेको छ । यति मात्र होइन, रुसी सेनाले जेलमा परेकाहरुलाई पनि सँगै आउन भनिरहेको छ र बदलामा स्वतन्त्रता दिने वाचा गरिरहेको छ ।

खोज पत्रकार रोमन डोब्रोखोटोभका अनुसार भर्ती प्रक्रियाले रुसी सेनामा निराशा छाएको संकेत गर्दछ । उनी भन्छन्, ‘यस्ता सैनिकले युद्ध जित्न सकिँदैन। रुस अझै पनि कमजोर गुणस्तर भए पनि सङ्ख्याको बलमा युद्ध जित्न सकिन्छ भन्ने विश्वास गर्छ। उनीहरूले जनतालाई ऋणमा डुबेका जनतालाई लड्नु पठाउने सोचमा छ ।’

५७०० डलरको प्रस्तावको बावजुद, रोमन डोब्रोखोटोभ भन्छन् , सत्य फरक छ । मानिसले पैसाको वास्ता गर्दैनन् । जो युक्रेनबाट फर्किएका छन्, उनीहरूलाई कसरी ठगीमा राखियो भन्ने सत्यतथ्य  पत्रकारहरूलाई बताइरहेका छन् । त्यसको असर यहाँ पनि देखिन्छ । सरकारप्रतिको विश्वास कम हुँदै गएको छ । त्यसैले मलाई लाग्दैन कि यो विधिले काम गर्छ ।“

तर केही मानिसहरू खुसीसाथ सेनामा भर्ती हुन चाहन्छन्।

नीना चुबारिनाका 

नीना चुबारिनाका छोरा येभगेनी आफ्नो गाउँ छोडेर बटालियनमा स्वयंसेवक हुन गए। नीनाले कुनै तालिम बिना नै बन्दुक दिएको बताइन् । केही दिनपछि उनको मृत्युको खबर आयो ।

नीना  पार्कमा भेट्न राजी भइन्, जहाँ उनले रोटी कारखानामा पार्ट–टाइम जागिर पाइन् । काममा ध्यान दिएमा छोराको याद कम आउने उनको भनाइ छ ।
आफ्नो छोरालाई युक्रेन जान निषेध गरेको उनलाई अझै पनि याद छ ।

रुसले पाएन् जनताको समर्थन : 

उनी रुँदै भन्छिन्, “मैले उसँग कुरा गर्ने प्रयास गरेँ । मैले भनेँ युद्ध चलिरहेको छ, त्यहाँ मारिनेछ । उसले आमा सबै ठीक हुन्छ भन्यो ।“ नीनाले युक्रेनमा युद्धका लागि भर्ती गर्ने तरिकाको आलोचना गर्छिन्। उनी भन्छिन्, “तिनीहरूलाई कुखुराजस्तै त्यहाँ फ्याँकिएको छ । उनीहरूले पहिले विरलै बन्दुक राखेका छन् । उनीहरूलाई लाग्छ , स्वयंसेवक भेटियो, यसलाई ल्याउनुहोस् ।“ तर सबैजना स्वयंसेवक हुन उत्साहित छैनन् ।

युक्रेन आइपुगेको केही दिनपछि नीनाको छोरा येभगेनीको मृत्यु

यो ‘विशेष सैन्य अभियान’ लाई जनताको समर्थन प्राप्त भएको रुसले बताएको छ, तर देशका विभिन्न भाग घुमेर जनतासँग कुरा गर्दा लाग्छ जनता सरकारसँग छैनन । रस्ट समर्थन प्रतीक, अंग्रेजी अक्षर Z, गाडीहरूमा विरलै देखिन्छ। विज्ञहरू सहभागी हुने स्वयंसेवकको संख्या निकै कम रहेको बताउँछन् । सैन्य मामिला विज्ञ पावेल लुझिन भन्छन् मानिसहरू आफ्नो राष्ट्रपतिको लागि आफ्नो जीवन दिन चाहँदैनन्। उनी भन्छन्, “रुसका जनता पुटिनको तथाकथित ‘द ग्रेट एम्पायर’का लागि मर्न चाहँदैनन्। युद्धको बारेमा जनतामा एकता नभएकाले अहिले भर्ती सम्भव छैन।”

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com