भाजपा नेता तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री सोनाली फोगाटको हृदयघातका कारण निधन भएको छ । रिपोर्टका अनुसार उनी आफ्ना केही स्टाफका साथ गोवा गएकी थिइन् र सोमबार राती त्यहाँ उनको मृत्यु भएको हो ।

हरियाणाको पछिल्लो विधानसभा चुनावमा भाजपाले उनलाई कुलदीप बिश्नोईको विरुद्धमा उम्मेदवार बनाएको थियो । तर उनले चुनाव हारेकी थिइन् ।
अहिले कुलदीप बिश्नोई कांग्रेस छोडेर भाजपामा प्रवेश गरेका छन् ।

हालै उनलाई कुलदीप बिश्नोईले पनि भेटेका थिए । सोनाली फोगाट रियालिटी शो बिगबोस १४ मा पनि सहभागी भएकी थिइन् । बिग बोसको विजेता बनेकी रुबिना डिलाइकसँगको उनको झगडाको निकै चर्चा भयो । सोनालीकी बहिनीले आफू एक दिनअघि नै दिदीसँग कुराकानी भएको बताइन् । सो क्रममा सोनाली फोगाटले आफू ठिक रहेको बताएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com