इरानसँगको आणविक सम्झौता प्रयास जारी, यसै साता बैठक हुने : ईयू


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

इरानले युरोपेली सङ्घ (ईयू) को प्रस्तावमा आफ्नो प्रतिक्रिया जनाएपछि इरानसँगको आणविक सम्झौताको पुनःउत्थानका लागि सम्भावित बैठक यसै साता हुनसक्ने युरोपेली सङ्घ (ईयू) का उच्च कूटनीतिज्ञले सोमबार बताएका छन् ।

इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गर्ने उद्देश्यले सन् २०१५ मा विश्व शक्तिराष्ट्र र तेहरानबीच भएको सम्झौता (जेसीपीओए)लाई पुनर्जीवित गर्ने प्रयास महत्वपूर्ण मोडमा छ । जेसीपीओएका अन्य पक्षहरूमा बेलायत, चीन, फ्रान्स, जर्मनी र रूस रहेका छन् ।

“गत साताको अन्त्यमा भियनामा बैठक बस्ने तय भएको थियो, तर त्यो सम्भव भएन । यो हप्ता बैठक हुन सक्छ,” ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनको सान्टान्डरमा भएको पत्रकार सम्मेलनमा बताउनुभयो । यसै महिनाको सुरुमा बोरेल र उहाँको टोलीको समन्वयमा एक वर्षभन्दा लामो वार्तापछि ईयूले ‘अन्तिम’ प्रस्तावको प्रस्तुत गरेको थियो ।

सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता कर्तामध्येको एक संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गरेपछि इरानले पनि आफ्ना लागि मात्र मान्य नभएको भन्दै क्रमशः सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि सम्झौता सङ्कटमा परेको थियो । विश्व शक्ति राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई यसमा फिर्ता ल्याएर इरानसँगको आणविक सम्झौतालाई पूर्ण रूपमा पुन ः स्थापित गर्ने लक्ष्य राखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी उक्त कदमपछि इरानले जेसीपीओएअन्तर्गतका आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन बाध्य भएको भन्दै र युरेनियमको भण्डारलाई निरन्तर रूपमा जारी राख्दै हतियार–ग्रेड स्तरको नजिक पु-याएको थियो । बोरेलले वार्ता सकेसम्म अघि बढेको र ‘यो नै सहमतिको विन्दु भएको’ बताउनुभएको छ ।

बोरेलले भन्नुभयो, “अमेरिकाले अहिलेसम्म औपचारिक जवाफ दिएको छैन । तर हामी उनीहरूको प्रतिक्रियाको पर्खाइमा छौँ र मलाई आशा छ कि प्रतिक्रियाले हामीलाई वार्ता समाप्त गर्न अनुमति दिनेछ ।” उहाँले भन्नुभयो, “मलाई सहमतिको आशा छ, तर म तपाईंलाई पूर्ण आश्वासन दिन सक्दिन ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com