दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास शुरु


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबारदेखि उलची फ्रिडम शिल्ड नामक नियमित संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । यस्तो अभ्यासको चार वर्षका दौरानमा यसपालि पहिलो पटक क्षेत्रीय प्रशिक्षण समावेश गरिएको दक्षिण कोरियाली मिडियाले जनाएको छ। यस क्षेत्रमा सम्भावित बढ्दो तनाबले गर्दा त्यसो गर्नु परेको बताइएको छ।

जारी सैन्य अभ्यास सेप्टेम्बर १ सम्म चल्नेछ जसमा कमाण्ड पोस्ट, क्षेत्रीय प्रशिक्षण र नागरिक रक्षा अभ्यासका लागि कम्प्युटर सिमुलेशन लगायतका विधाहरू समावेश हुने बताइएको छ।


अभ्यासको पहिलो सत्रमा दुई देशका सेनाले उत्तर कोरियाको सम्भावित आक्रमणलाई निस्तेज पार्न र महानगरीय क्षेत्रको सुरक्षा गर्ने अभ्यास गर्ने बताइएको छ। दोस्रो भाग अन्तर्गत प्रतिआक्रमण मिसनका विषयहरू हुनेछन्। यसका अतिरिक्त दक्षिण कोरियाली र अमेरिकी सैनिकहरूले क्षेत्रीय युद्धाभ्यासको क्रममा १३ संयुक्त प्रशिक्षण कार्यक्रमहरूमा सैन्यकौशलका विभिन्न विषयहरू समावेश गर्नेछन् ।

समाचार एजेन्सीका अनुसार अभ्यासमा पूर्ण परिचालन क्षमताको मूल्याङ्कन र अमेरिकाबाट दक्षिण कोरियामा परिचालन नियन्त्रण प्रविधि हस्तान्तरण लगायतका विषय पनि समावेश हुनेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com