पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न रोक


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख इमरान खानलाई इस्लामावाद उच्च अदालतले ट्रान्जिट जमानत दिएको छ । यसपछि उनको गिरफ्तारीलाई भदौ २५ गतेसम्मका लागि स्थगित गरिएको छ । आतंकवाद विरोधी कानून अन्तर्गत मुद्दा दर्ता भएपछि इमरानले आइतबार उच्च अदालतमा जमानतको निवेदन दिएका थिए। इमरानविरुद्ध आतंकवादसँग सम्बन्धित मुद्दा दर्ता गरिएको जियो न्यूजले जानकारी दिएको छ।

इमरानले इस्लामावादको एक र्‍यालीमा सरकारी संस्थालाई निशाना बनाएर प्रहरी र न्यायपालिकामाथि धम्की दिएका थिए । प्रहरीले उनीविरुद्ध आतंकवाद विरोधी ऐन (एटीए) अन्तर्गत मुद्दा दर्ता गरेको छ । पाकिस्तानी प्रहरीले इमरानलाई सत्र न्यायाधीश र इस्लामावाद प्रहरीका वरिष्ठ अधिकारीहरूलाई धम्की दिएको आरोप लगाएको छ । एफआईआर त्यतिबेला दर्ता गरिएको थियो जब मजिस्ट्रेट अली जावेदले इस्लामाबादको मारगाला पुलिस स्टेशनमा एटीएको धारा ७ अन्तर्गत मुद्दा दायर गरेका थिए।

यसपछि इमरान खान इस्लाम उच्च अदालत पुगेका थिए । एफआईआर दर्ता भएपछि बानिगालास्थित इमरानको बंगला बाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो। यससँगै उनको घर जाने बाटो पनि सिल गरिएको थियो । पार्टीका कार्यकर्ता पनि घरबाहिर जम्मा भएका थिए । स्थिति तनावपूर्ण नहोस् भन्नका लागि अवस्था सामान्य राख्न विभिन्न उपायहरु अपनाइएको थियो ।

इमरान आफ्नो पार्टीका धेरै कार्यकर्तासँग फोनमा सम्पर्कमा रहेको बताइएको छ । यस अवधिमा उनले अर्को कदमको निर्णय गरे, ताकि उनी पक्राउबाट बच्न सकून्। इमरानको भाषणको प्रसारणमा पाकिस्तानको मिडिया संगठनले यसअघि नै प्रतिबन्ध लगाएको थियो। इस्लामावादको र्‍यालीपछि इमरानको र्‍यालीको प्रत्यक्ष प्रसारणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । र्‍यालीमा इमरानले उच्च प्रहरी अधिकारी, महिला न्यायाधीश, निर्वाचन आयोग र विपक्षीविरुद्ध मुद्दा दर्ता गर्ने धम्की दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com