चर्को गर्मी र विद्युत् अभावले चीनको जनजीवन कष्टकर बन्दै, अधिकांश कम्पनीको काम रोकियो


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

यतिबेला चीनमा जनता र सरकार दुवैको अवस्था दयनीय छ । देशको दक्षिणपश्चिममा चर्को गर्मी र विद्युत् अभावका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण विद्युतको माग पहिलेभन्दा बढेको छ । यस्तो अवस्थामा जताततै बिजुलीको अभाव छ । यति मात्र होइन, कम वर्षा र खडेरीको भविष्यवाणीले यहाँका जनता र सरकार हैरानमा छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले लगातार ११ औँ दिन देशभर गर्मीको लहर आउन सक्ने चेतावनी दिएको छ । मौसम विभागले सो क्षेत्रमा रेड अलर्ट जारी गरेको छ । बिजुलीको अभाव र आकाशबाट परेको चर्को गर्मीका कारण बाली नष्ट हुन थालेको छ । जसका कारण मुलुकमा खडेरीको त्रास व्यक्त हुन थालेको छ । यसैलाई मध्यनजर गर्दै ओरेन्ज अलर्ट जारी गरिएको छ, जुन दोस्रो उच्च तह हो ।

चर्को गर्मीले धान, मकै जस्ता धेरै बालीमा क्षति पुगेको कृषि मन्त्रालयले बताएको छ । यस्तो अवस्थामा देशसामु आगामी दिनमा खाद्यान्नको अभाव हुनसक्छ । मौसम विभागका अनुसार आइतबार दक्षिणपश्चिमी फुजियानका ६२ वटा मौसम केन्द्रमा कीर्तिमानी तापक्रम रेकर्ड गरिएको छ, जसले सरकार चिन्तित छ ।

बुधबारदेखि गर्मीबाट केही राहत मिल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत हप्ता देशको चोङिङ र सिनजियाङ प्रान्तमा ४५ डिग्री तापक्रम रेकर्ड गरिएको थियो। देशको दक्षिणपश्चिम क्षेत्रका करिब ५०० सपिङ मल पनि विद्युत् कटौती र चर्को गर्मीको चपेटामा परेका छन् । रोयटर्सका अनुसार यस क्षेत्रका शपिंग मल्ल र व्यावसायिक केन्द्रहरूले उनीहरूलाई चर्को गर्मी र बिजुलीको अभावलाई ध्यानमा राख्दै खोल्नको लागि सरकारले नयाँ समय स्लटहरू दिएको पुष्टि गरेका छन्। होटलमा एयर कन्डिसन चलाउन प्रतिबन्ध लगाइएको छ । यहाँका केही होटलहरूलाई सामान्य रूपमा मात्र सञ्चालन गर्न सक्ने दिशानिर्देश दिइएको छ। ठूलो जलविद्युत उत्पादन गर्ने शिशुआन प्रान्तमा आगामी अगस्ट २५ सम्मको नयाँ समयतालिका दिइएको छ । यहाँ आधा बिजुली उत्पादन भइसकेको छ ।

विद्युत अभावका कारण बिहीबारदेखि यिबिन र सुनिङमा ब्याट्री उत्पादन गर्ने कम्पनीहरू बन्द छन्। यसबाहेक कीटनाशक उत्पादन गर्ने ल्यायर केमिकल लिमिटेडलगायत यस क्षेत्रका धेरै कम्पनी केही दिनदेखि बन्द छन् । कार निर्माता टोयोटाले शिशुआनमा आंशिक रूपमा आफ्नो सञ्चालन सुरु गरेको छ । यो कम्पनीले काम सञ्चालन गर्न जेनेरेटरको समेत सहयोग लिइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्युत् अभावका कारण विगत सातादेखि काम ठप्प भएको कम्पनीका प्रवक्ताले बताए । यहाँको अवस्था यति नाजुक बनेको छ कि अन्य क्षेत्रबाट पनि आपतकालीन विद्युत् जेनेरेटर बोलाउन लागिएको छ । त्यसैगरी शिशुआन र चोङकिङ प्रान्तका धेरै कम्पनीहरु विगत केही दिनदेखि बन्द भएपछि आंशिक रुपमा सञ्चालनमा रहेका छन् । यसमा देशको शीर्ष ब्याट्री निर्माता कम्पनी सिएटीएल र इलेक्ट्रिक वाहन प्रमुख बिवाईडि समावेश छ। अब यी कम्पनीहरु पनि आगामी दिनमा चिन्तित छन् ।

सांघाई डेली रिपोर्टका अनुसार यस क्षेत्रका धेरै बाहिरी निर्माण परियोजनाहरू बिजुलीको अभावका कारण रोकिएका छन्। लाखौं हेक्टर खेतीयोग्य जमिन अहिले खडेरीको चपेटामा परेको छ । याङजीको करिब २० लाख हेक्टर जमिन पनि खडेरीको चपेटामा परेको छ । खानेपानी मन्त्रालयले दिएको जानकारी अनुसार यो चर्को गर्मीका कारण याङ्त्जे बेसिन पनि प्रभावित भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com