चीनको टाउको दुखाइ बनेको ‘बेल्ट एण्ड रोड’, अमेरिकाका लागि ठूलो मौका


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेन र वरिष्ठ अमेरिकी अधिकारीहरूले यस गर्मीमा विश्वका धेरै क्षेत्रहरूको भ्रमण गरेका छन्। मध्यपूर्वदेखि पूर्वी एसियासम्म, अमेरिकीहरूको यी यात्राहरूले गरिब देशहरूलाई सयौं अर्ब डलर दिने प्रतिबद्धताको प्रतीक थियो। तर यसभन्दा बढी उनीहरुलाई चीनसँग प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ । झण्डै

एक दशकदेखि चीनले आफ्नो ‘बेल्ट एन्ड रोड’ परियोजनामा ​​अर्बौं खर्च गरेको छ। यस अन्तर्राष्ट्रिय परियोजनाअन्तर्गत चीनले पपुवा न्यू गिनीदेखि केन्यासम्म राजमार्ग, श्रीलंकादेखि पश्चिम अफ्रिकासम्म बन्दरगाह र ल्याटिन अमेरिकादेखि दक्षिणपूर्व एसियासम्म विद्युत र दूरसञ्चार पूर्वाधारको सञ्जाल बिछ्याउँदैछ।

चीनको ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभसँग प्रतिस्पर्धा गर्न अमेरिकाले पनि अब विश्वव्यापी पूर्वाधार विकासमा आफ्नो भूमिका बढाउन चाहन्छ। जुनमा, बाइडेन र जी-७ का नेताहरूबीच पूर्वाधार विकाशलाई पूरा गर्न एउटा ‘गेम  चेन्जिङ’ परियोजनाका लागि ६००  बिलियन डलर लगानीको घोषणा गरे। यसमा अमेरिकाले मात्रै २०० बिलियन डलर लगानी गरेको छ । यस महिना, अमेरिकी उप-विदेश सचिव वेन्डी आर शेरम्यानले दक्षिण प्रशान्त महासागरको भ्रमण गर्दै टापु राष्ट्रहरूको लागि समर्थन बढाउन नयाँ साझेदारीलाई बढावा दिए ।

चीनको टाउको दुखाइ अमेरिकाका लागि अवसर :
यस क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफ्रिकाका लागि एउटा योजना घोषणा गरेका छन् जसलाई ‘सब-सहारा अफ्रिका रणनीति’ नाम दिइएको छ।
एकातिर अमेरिका चीनलाई हराउन विश्वका विभिन्न कुनामा पैसा फाल्न तयार छ भने चीनको महत्वाकांक्षी परियोजना आफैंमा झन धरै चुनौतीहरू थपिएका छन् । विश्वका धेरै देशमा अन्य योजना  प्रभावकारी साबित भए पनि ‘बेल्ट एण्ड रोड’ अहिले चीनका लागि टाउको दुखाइ बन्दै गएको छ । बजेट अभाव र राजनीतिक उथलपुथलका कारण धेरै आयोजना अलपत्र परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘बेल्ट एन्ड रोड’ छवि कलंकित बन्दै
चीनको परियोजनालाई लिएर धेरै देशमा चासो देखिएको छ । कतिपय देश ऋणमा डुबेका छन् । कोही चीनको बढ्दो प्रभावले समस्यामा परेका छन् । स्थानीय पूर्वाधार कब्जा गर्नका लागि बेल्ट एन्ड रोड ‘ऋणको जाल’ बनेको आरोप  धेरै ठाउँबाट लागेको छ । यस्ता आरोपका कारण शुरुवातकै चरणमा गहिरो असर परेको छ । विश्लेषकहरू भन्छन् ,’ चिनियाँ ऋणदाता र नीति निर्माताहरू यसमा लगानी गर्न हिचकिचाइरहेका छन्, सम्भवतः घरेलु आर्थिक चुनौतिहरू र विश्वभरि बदलिएको आर्थिक अवस्थाको कारण।’

अमेरिकाका लागि पनि बाटो सहज छैन 
यो अमेरिकाका लागि सबैभन्दा राम्रो अवसर हो । चीनको परियोजना कमजोर हुँदै गइरहेको छ र एकै समयमा यो अगाडि आउन र इच्छुक साझेदारहरूसँग विश्वव्यापी निर्माण नेटवर्क निर्माण गर्न सक्छ।तर अमेरिकाका लागि यो सजिलो हुनेछैन, चाहे उसले अर्बौं डलरको लगानी जुटाउन सफन किन नहोस् , तर पूर्वाधार निर्माणको क्षेत्रमा चीनसँग जस्तो विशेषज्ञता अरु कुनै देशसँग देखिदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com