मुख्यमन्त्रीकी छोरीले हानिन् डाक्टरलाई थप्पड, बाबुले मागे सार्वजनिक रूपमा माफी


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

भारतको मिजोरमका मुख्यमन्त्री जोरमथांगाले आफ्नी छोरीले डाक्टरलाई थप्पड हानेको भिडियो भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेका छन् । उनले माफी माग्दै आफ्नी छोरीको व्यवहार कुनै पनि हिसाबले ठिक नभएको बताएका छन्। मुख्यमन्त्रीकी छोरी मिलारी छाङ्तेले डाक्टरलाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनाका कारण स्थानीय डाक्टरहरू निकै आक्रोशीत छन् । घटनाको विरोध गर्दै ८०० डाक्टरहरू प्रदर्शनमा उत्रेका छन् ।
इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का सदस्यहरूले दिनभर कालो बेल्ट लगाएर विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले समाचार संस्था पीटीआईसँग कुरागर्दै भने, ‘सीएमकी छोरी बुधबार आइजोलमा छाला विशेषज्ञ कहाँ गएकी थिइन्। यहाँ डाक्टरले उनलाई पहिले अपोइन्टमेन्ट लिन भने । यसैमा मुख्यमन्त्रीकी छोरी मिलारी छाङ्तेले डाक्टरलाई थप्पड हानेकी हुन ।’

मुख्यमन्त्री जोरमथांगाले इन्स्टाग्राममा छोरीले डाक्टरलाई भेटेर माफी मागेकी कुरा लेखेका छन् । उनले छोरीमाथि कडा कारबाही नगरेकोमा आईएमएलाई धन्यवाद दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि मिलारी छाङ्टेका जेठा दाजु रामथानसियामाले आफ्नो बहिनी मानसिक तनावका कारण ‘अनियन्त्रित’ भएको भन्दै सामाजिक सञ्जालमा माफी मागेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com