कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका प्रतिनिधिसभा सदस्य समेत रहेका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ : ३० बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।

आफ्ना बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा राजनीतिमा संलग्न भएको र २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेका थिए । राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी कुल चार वर्ष उनले जेल जीवन बिताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०५१ मा पहिलोपटक संसद् प्रवेश गरेका उनी २०५६ को चुनावमा पराजित भए । २०६४ र २०७० को संविधानसभामा समानुपातिक सभासदका रूपमा संविधान लेख्ने कार्यमा सक्रिय उनले २०७४ मा प्रत्यक्ष चुनाव जितेका थिए । पटक–पटक सांसद बने पनि मन्त्री बन्न इच्छुक भएनन् ।

भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्दथे । उनले लेखेका लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com