सोमालियाको हायात होटल आक्रमणमा मृतकको संख्या २०, घाइतेहरु ५० बढी


प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार

अज्ञात बन्दुकधारीहरूले शुक्रबार साँझ सोमालियाको राजधानी मोगादिसुको रहेको हायात होटलमा आक्रमण गरेपछि कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आक्रमणमा कम्तीमा ५० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बन्दुकधारीहरूले कैयनलाई बन्धक बनाएर होटलभित्रबाट सुरक्षाकर्मीहरुतर्फ फायरिङ गरेका थिए । हयात होटलमा आतंकवादी घेराबन्दी तोड्न प्रहरीलाई २४ घण्टाभन्दा बढी समय लागेको थियो । किनभने आक्रमणकारीहरूले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गरेका थिए ।

मदिना अस्पतालका डाक्टर अहमद अब्दीले मृतकको संख्या बढ्न सक्ने र धेरैको अवस्था गम्भीर रहेको बताएका छन् । मदिना मोगादिसुका दुई ठूला अस्पतालहरू मध्ये एक हो जहाँ धेरैजसो घाइतेहरुलाई लगिएको थियो।

सोमाली सुरक्षाकर्मीहरु हयात होटल भवनमा प्रवेश गरेर बन्दुकधारीहरूको नियन्त्रण तोड्न सफल भएका थिए । यो क्षेत्र सांसद र सरकारी अधिकारीहरूको बारम्बार आवतजावत हुने क्षेत्र हो । आक्रमणमा मोगादिसु गुप्तचर प्रमुख मुहिदिन मोहम्मद सहित दुई सुरक्षा अधिकारीहरू घाइते भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अल कायदासँग सम्बन्धित आतंकवादी समूह अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ । उनीहरुले भवनमा विस्फोट गरेपछि होटल कब्जा गर्न सफल भएको बताएका छन् । उक्त दावी स्वतन्त्र रूपमा भने पुष्टी भएको छैन ।

आइतबारको अमेरिकी हवाई आक्रमणमा अल शबाब समूहका १३ सदस्यको मृत्यु भएको थियो । शुक्रबारको आक्रमण त्यो घटनासँग जोडिएको हो वा होइन भन्ने स्पष्ट छैन।

मे महिनामा अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमालियामा स्थानीय सरकारको समर्थन र अल शबाबको प्रतिरोध गर्न सेना पठाउने निर्णय गरेका थिए । यो कदमले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले देशबाट सबै अमेरिकी सेना फिर्ता गर्ने निर्णयलाई उल्टाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com