रुसद्धारा यूक्रेनको आणविक प्लान्ट नजिकै मिसाइल प्रहार, चार बालबालिकासहित १२ जना घाइते


प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार

युक्रेनको दक्षिणी भोजनेसेन्स्क सहरमा भएको रुसी मिसाइल आक्रमणमा चार बालबालिकासहित १२ जना घाइते भएको बताइएको छ । रुसको मिसाइल आक्रमण युक्रेनको दोस्रो ठूलो आणविक प्लान्ट पिव्डेनोक्रेन्स्कबाट ३० किलोमिटर टाढा भएको थियो। युक्रेनले यसलाई रुसको आणविक आतंकवाद भनेको छ । मिकोलेभका गभर्नर भिटाली किमले आक्रमणमा पाँच तले अपार्टमेन्ट र केही अन्य घरमा क्षति पुगेको बताए।

युक्रेनका अनुसार रुसी सेनाले सुरुदेखि नै आफ्ना चारवटा सञ्चालनमा रहेका आणविक संयन्त्र कब्जा गर्ने प्रयास गरिरहेको छ । जापोरिजियाको सबैभन्दा ठूलो आणविक उर्जा प्लान्ट रुसको नियन्त्रणमा गयो, रसियाली सेनाहरूले बाँकी कब्जा गर्न बारम्बार आक्रमण गर्दै आएका छन्। यसैबीच, हालैका दिनहरूमा खार्किभमा रुसी आक्रमणमा मृत्यु हुनेको संख्या २१ पुगेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com