न्युयोर्कको क्वीन्समा महात्मा गान्धीको शालिक तोडफोड


प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार

न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको शालिक तोडफोड गरिएको छ । साउथ रिचमण्ड हिलको श्री तुलसी मन्दिरको अगाडि ६ जनाले हथौडा प्रयोग गरेर गान्धीको शालिक तोडफोड गरेका हुन् ।

भारतीय महावाणिज्य दूतावासले न्युयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको सालिक तोडफोडको कडा निन्दा गरेको छ । न्युयोर्कस्थित भारतीय कन्सुलेटले घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ ।

‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको शालिक तोडफोडको कडा निन्दा गर्दछौँ । हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनको लागि पूर्ण अनुसन्धानको लागि अमेरिकी अधिकारीहरू समक्ष मुद्दा उठाएका छौंँ’, वाणिज्य दूतावासले एक विज्ञप्तिमा भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुले शालिकमा हिन्दीमा कुकुर लेखेर स्प्रे पेन्ट समेत गरेका थिए । शान्तिको प्रतिनिधित्व गर्ने गान्धीको शालिकलाई बनाएर तोडफोड गर्नु धेरै दुखको कुरा भएको मन्दिरका संस्थापक पण्डित महाराजले बताएका छन् ।

गान्धीको शालिक तोडफोड गर्नेहरु २५ देखि ३० बर्षभित्रका रहेका छन् । उनीहरु दुईवटा कारमा आएर शालिक तोडफोड गरेर भागेका थिए ।

शालिक तोड्ने संदिग्धहरु

तुलसी मन्दिरमा गान्धीको शालिक तोडफोड भएकोमा सिटीलाइन ओजोन पार्क सिभिलियन पेट्रोलले ट्वीट गर्दै दुख व्यक्त गरेको छ । यस्तो घटना पहिलो पटक नभएको र रोकिनुपर्ने भन्दै कुनै पनि धर्मप्रति घृणापूर्ण अपराध सह्य नहुने उल्लेख गरिएको छ ।

झण्डै दुई हप्ता अगाडि पनि एक व्यक्तिले सोही गान्धीको शालिकलाई धकेलेको थियो । यस्ता घृणाका घटना बढ्दै गएको उक्त क्षेत्रकी राज्य सांसद जेनिफर राजकुमारले बताएकी छिन् । उनले घटना अपमानजनक भएको बताएकी छिन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com