आरोपको खण्डन गर्दै फिनल्याण्डकी प्रधानमन्त्रीले गराइन् ‘ड्रग परीक्षण’


प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार

फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले एउटा पार्टीमा नाचगान गरेको भिडियो भाइरल भएपछि लागुऔषध सेवन गरेको आरोप अस्वीकार गरेकी छन् । तर, ‘ शंका हटाउन’का लागि उनको ड्रग्स  परीक्षण गरिएको छ । सन्ना मरिन प्रधानमन्त्री भएदेखि नै उनको पार्टीको लगावका कारण बारम्बार आलोचना हुने गरेकी छिन् ।

संगीत समारोहमा भाग लिएको उनको तस्बिर धेरै पटक सार्वजनिक भइसकेका छन् । पछिल्लो भाइरल भिडियोमा उनी फिनल्याण्डका पपस्टारसँग पनि नाच्दै थिइन् ।

यद्यपि यसका लागि धेरैले उनको तारिफ पनि गरिरहेका छन् । जर्मन समाचार संस्था बिल्डले उनलाई विश्वकै ‘कुलेस्ट’ प्रधानमन्त्रीको संज्ञा दिएको छ ।

सन्ना मरिन​को कार्यकालमा फिनल्याण्डले धेरै चुनौतीको सामना गरेको छ । सबैभन्दा पहिले कोरोना महामारीका कारण देशले धेरै समस्या झेल्नुपरेको थियो भने युक्रेनमा रुसको आक्रमणले फिनल्याण्डको चुनौती पनि बढाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३६ वर्षीया सन्ना मरिन करिब साढे दुई वर्षअघि फिनल्याण्डकी प्रधानमन्त्री हुँदा उनी विश्वकै कान्छी प्रधानमन्त्री थिइन् । देशको राजनीतिक इतिहासमा उनी प्रधानमन्त्री बन्ने सबैभन्दा कान्छी व्यक्ति हुन् ।

देशको सत्ता आफ्नै हातमा लिन मरिनले केन्द्र र वाम विचारधाराका दलहरूबीच महत्वपूर्ण गठबन्धन बनाएकी थिइन् । यो गठबन्धनमा थप चार जना महिला नेताहरू समावेश छन्, जसमध्ये एकजना मात्रै ३५ वर्षभन्दा माथिकी छिन् ।

सन्ना मरिन ?

सन्ना मरिन एक साधारण परिवारकी हुन् । मारिन सानै छँदा उनका आमाबाबु अलग्गिएका भए । आमाले एक्लै उनको हेरचाह गरिन् । यस्तो अवस्थामा उनले बाल्यकालमा आर्थिक समस्या पनि भोग्नुपरेको थियो ।

साना मारिन आफ्नो परिवारमा हाईस्कूल पास गरेर विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् ।

उनले २० वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यसको दुई वर्षपछि मात्रै उनले काउन्सिलरको चुनावमा समावेश भइन् । यद्यपि उनी पराजित भएकी थिइन् । तर, ५ वर्षपछि उनी काउन्सिलर मात्र नभई सबै सल्लाहकारको नेतृत्व पनि गरिन् ।

एक ब्लगमा उनले १५ वर्षकी हुँदा बेकरीमा काम गरेको बताइन् । पछि पत्रिका वितरणको काम पनि गरेकी थिइन् ।

उनले उक्त ब्लगमा उनकी आमा एक महिलासँगको सम्बन्धमा रहेको त्यसैले उनले विभिन्न लाञ्छनाको पनि सामना गर्नुपरेको बताएकी थिइन् । उनले बारम्बार भन्छिन्, ‘मेरी आमाले सधैँ मलाई ‘तिमीलाई जे बन्न मन लागेको छ, त्यो बन्न सक्छौ’ भनेर विश्वास दिलाइरहनुहुन्छ ।’

रक्सी पिएर नाचिरहेकी फिनल्याण्डकी प्रधानमन्त्रीको भिडियो लिक,विपक्षद्वारा लागुऔषध परीक्षण गर्न माग (भिडियो)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com