युक्रेनले चन्दा अभियानबाट पायो माइक्रोस्याटेलाइट, शत्रुहरूमाथि निगरानी राख्न मद्दत मिल्ने


प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार

युक्रेनमा मस्कोको विशेष अभियान जारी छ । यस्तो अवस्थामा युक्रेनी सेनाले भूउपग्रहको सहयोगमा युद्धभूमिको राम्रो तस्बिर लिन सकून् भनेर कोष सङ्कलन अभियान चलाइएको थियो । माइक्रो स्याटेलाइट निर्माता फिनल्याण्डको कम्पनी आईसीइवाइई का अनुसार युक्रेन सरकारलाई रातको समयमा वा बाक्लो बादलमा पनि राम्रो तस्विर लिन सक्ने राडार स्याटेलाइट प्रयोग गर्न अनुमति दिइएको छ ।

टेलिभिजन प्रस्तोता सेर्ही प्रितुलाले यही पैसा जुटाउन अभियान सुरु गरेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार कोष संकलन अभियानमार्फत १२ मिलियन डलरसम्म संकलन भएको छ । मुख्य उद्देश्य टर्की–निर्मित बेराकटार सशस्त्र लडाई ड्रोन खरिद गर्न थियो । तर कम्पनीले त्यसको सट्टा चन्दा दिएपछि उठेको रकम स्याटेलाइट खरिद गर्न प्रयोग गरियो ।

यसैबीच, युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युक्रेनी सशस्त्र बलहरूले अत्याधुनिक हतियारहरूको सहयोगमा राम्रो र सर्वेक्षण योग्य छविहरू उपलब्ध हुँदा रूसी अतिक्रमणहरू विरुद्ध नयाँ सम्भावनाहरू हुने बताएका छन् ।

रक्षामन्त्रीले भने, ‘अहिलेको लागि, हामी मान्न सक्छौं कि यदि हामीले युद्धभूमिको बारेमा राम्रो तस्विरहरू प्राप्त गर्यौं भने, हामी हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआइएमएआरएस), मल्टिपल रकेट लन्चर एम–२७० र एमएआरएस जस्ता हाम्रा हतियारहरूद्वारा शत्रुलाई अझ प्रभावकारी रूपमा आक्रमण गर्न सक्छौं ।’ युक्रेनले हालैका हप्ताहरूमा रूसी हतियारहरूलाई लक्षित गर्न यी हतियारहरू प्रयोग गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com