मेडिकल छात्रालाई यौन दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई वकिलहरूले गरे कुटपिट


प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार

पाकिस्तानको पञ्जाब प्रान्तमा वकिलहरूले मेडिकल छात्रालाई यौन दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई कुटपिट गरेका छन् । बिहीबार प्रहरीले मुख्य अभियुक्त र उनका सहयोगीहरूलाई फैसलाबाद अदालतमा हाजिरीका लागि लैजाँदै गर्दा वकिलहरूले घेरेर कुटपिट गरेका थिए । प्रहरीले कुनै न कुनै तरिकाले अभियुक्तलाई बचाएर अदालतमा पेस गरेको थियो ।

प्रहरीका अनुसार शेख दानिश नामका उद्योगपतिले मेडिकल छात्रालाई विवाहको प्रस्ताव राखेका थिए । अस्वीकार गर्दा बालिकालाई निर्मम यातना र यौन दुव्र्यवहार गरिएको थियो । घटनाको भिडियो मंगलबार भाइरल भएपछि प्रहरी सक्रिय भएको हो । भिडियोमा मुख्य आरोपी दानिश र उनका सहयोगीहरूले बालिकाको कपाल र भौं काटेको देखाइएको छ । प्रहरीले दानिशसहित सात जनालाई पक्राउ गरेको छ ।

खतिजा महमुदमाथि ८ अगस्टमा लाहोरबाट १५० किलोमिटर टाढा फैसलाबादमा हमला भएको थियो । प्रहरीले अपहरणमा संलग्न १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । ती विद्यार्थी दन्तचिकित्साको अन्तिम वर्षमा अध्ययनरत छिन् । पञ्जाब पुलिसले भन्यो, ‘पुलिसले दानिश र उनकी छोरी सहित सात संदिग्धलाई पक्राउ गरेको छ। बाँकी अभियुक्तलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरिरहेको छ ।’

पीडित युवती आफ्नी वृद्ध आमा र दुई भाइसँग बेलायतमा बस्दै आएकी थिइन् । उनले सहपाठी अन्नासँग कुराकानी भएको बताए । ‘अन्नाका बुवा शेख दानिशले मलाई विवाहको प्रस्ताव राखेका थिए तर मेरो परिवारले अस्वीकार गरे । दानिश मेरो बुबाको उमेरको हो र जब मैले अन्नालाई यो कुरा भनेँ उनी छक्क परिन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८ अगष्टमा उसको भाइ बेलायत फर्कँदा दानिशले १४ जनालाई साथमा लिएर दाजुलाई विवाहको प्रस्ताव स्वीकार गर्न दबाब दिन थालेको पीडित छात्राले बताइन् । भाइले प्रस्ताव नमान्दा खातिजालाई यातना दिएर भाइलाई जबरजस्ती घरबाट निकालिदिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com