एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने


प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार

!*# cf}+ ljZj kmf]6f]u|fkmL lbj;sf]sf] pknIodf /fli6«o kmf]6f]kqsf/ ;d”x4f/f cfufdL c;f]h ^ ut] /fli6«o kmf]6f]kqsfl/tf cjf8{ @)@@sf] 3f]if0ff kl5 ;fd”xLs t:jL/ lvrfpb}{ kmf]6f]kqsf/x? . tl:a/ M /fli6«o kmf]6f]kqsf/ ;d”x

राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

एनफपिजेका पूर्वअध्यक्षद्वय मीनरत्न बज्राचार्य र विकास रौनियार तथा वाइडलाइफ फोटोग्राफर चुङ्वा लामालगायत फोटो पत्रकारको सहभागिता रहेको उक्त कार्यक्रममा पूर्वअध्यक्षद्वयले शुभकामना मन्तवय व्यक्त गर्नाका साथै नेपालमा फोटो पत्रकारितामा भोग्नुपरेका समस्याबारे चर्चा गर्नुभएको थियो । उक्त दिवसका अवसरमा समूहका महासचिव नवराज श्रेष्ठले नयाँ तथा पुराना फोटो पत्रकारलाई १६ विधामा अवार्ड प्रदान गरिने जानकारी गराउनुभयो । विशेष समारोहमा संस्थापक सदस्यलगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
उक्त अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको जनाइएको छ ।

लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु ५० हजार प्रदान गरिनाका साथै दैनिक जीवन, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति, आर्थिक, राजनैतिक, मनोरञ्जन, खेलकुँद, स्वतन्त्र फोटोसंग सम्बन्धित अवार्ड रहेका छन् । यसैगरी सातवटै प्रदेशबाट एक÷एक उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड प्रदान तथा सम्मान गरिने कार्यक्रम रहेको समूहले जनाएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्षलगायत सल्लाहाकार र कार्यक्रम संयोजकलगायत बढीमा पाँच जनाको छनोट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका अध्यक्ष वन्तले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com