चीनमा ६० वर्षपछि अहिलेसम्म कै उच्च गर्मी : उद्योग-कारखाना बन्द, सर्वसाधारण त्रसित


प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार

चीनले पहिले देखि नै मौसमको क्रोधको सामना गरिरहेको छ । यहाँको दक्षिणी र पूर्वी प्रदेशमा साउन महिनामा बाढीको चपेटामा परेका छन् । यसका साथै कोरोना भाइरसको महामारीका दिनमा बढ्दै गएको सङ्क्रमणले पनि समस्या निम्त्याएको छ ।

यी सबैको बीचमा अहिले चीनका जनता चर्को गर्मीले हैरान भएका छन् । चीनमा विगत ६० वर्षमा यस्तो गर्मी भएको थिएन। यहाँका धेरै सहरको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फारेनहाइट) नाघेको छ।

चीनको सिचुवान प्रान्तमा विद्युत् अभावको समस्यालाई केही हदसम्म कम गर्न र गर्मीबाट जनतालाई केही राहत पाउनका लागि सबै कलकारखाना ६ दिनका लागि बन्द राख्न निर्देशन दिइएको छ ।

मिडिया रिपोर्टका अनुसार सिचुआन चीनको एउटा यस्तो ठाउँ हो जहाँ सेमीकन्डक्टर र सोलार प्यानलका धेरै उत्पादन एकाइहरू छन् । यस्तो अवस्थामा बिजुली संकट गहिरिएर एप्पलका उत्पादन साझेदार फक्सकन र इन्टेल (आईएनटीसी) लगायत विश्वका धेरै ठूला इलेक्ट्रोनिक्स कम्पनीका कारखाना प्रभावित हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यति मात्र होइन, सिचुआनमा लिथियमको विशाल भण्डार पनि छ, जसलाई इलेक्ट्रिक कारको ब्याट्री बनाउन प्रयोग गरिन्छ । यस्तो अवस्थामा उद्योगधन्दा यसरी बन्द भए कच्चा पदार्थको भाउ बढ्नु स्वाभाविक हो ।

चीनमा बढ्दो गर्मीका कारण घर र कार्यालयमा एयर कन्डिसनरको माग निकै बढेको छ, जसले पावर ग्रिडमा दबाब परेको छ । गर्मीका कारण खोलाको पानीको बहाव पनि घटेको छ । यस्तो अवस्थामा जलविद्युत केन्द्रबाट उत्पादन हुने बिजुलीको मात्रा पनि घटेको छ ।

सिचुआन बाहेक जियाङसु, अनहुई र झेजियाङमा पनि गर्मीले विनाश गरिरहेको छ । गर्मी बढ्दै गएकाले विद्युत आपूर्तिमा अभाव भएकाले विद्युत बचत गर्न यहाँ अपिल पनि गरिएको छ । घरघरमा पर्याप्त विद्युत् आपूर्ति होस् र गर्मीको चपेटामा परेका मानिसहरूलाई खासै सास्ती नहोस् भनेर चीनका कलकारखाना आदि पनि आजकल बन्द भइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com