जहाज श्रीलंका पुगेपछि भारतलाई चीनको जवाफ- ‘कुनै तेस्रो पक्षले जहाज रोक्न मिल्दैन’


प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार

आफ्नो जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेपछि चीनले कुनै पनि देशको सुरक्षामा खतरा नहुने बताएको छ । चीनले कुनै पनि तेस्रो पक्षले जहाज रोक्न नहुने बताएको छ।

यो जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ । भारतले केही दिनअघि श्रीलंकालाई आफ्नो छिमेकी क्षेत्रमा जहाज रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

चीनले युआन वाङ–५ नामक जहाजमार्फत् भारतको आणविक, क्षेप्यास्त्रसँग सम्बन्धित प्रतिष्ठानहरूको जासुसी गर्ने हो कि भन्ने भारतलाई डर छ । समाचार एजेन्सी पीटीआईले चीनको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै उक्त जहाज स्याटेलाइट र ब्यालिस्टिक मिसाइल जस्ता उन्नत प्रविधिले सुसज्जित भएको जानकारी दिएको छ । यसमा दुई हजार चालक दलका सदस्य बोक्न सक्ने क्षमता रहेको छ ।


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतको चिन्ताबारे सोधिएको प्रश्नको जवाफमा उक्त जहाज ‘अन्तर्राष्ट्रिय कानुन अनुसार’ अनुसन्धानका लागि हम्बनटोटा पुगेको बताए । ‘म युआन वाङ–५ को सामुद्रिक वैज्ञानिक अनुसन्धान गतिविधिहरू अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सामान्य प्रक्रिया अनुरूप नै छन् भनी दोहोर्‍याउन चाहन्छु,’ उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वेनबिनले भने “यो जहाजले कुनै पनि देशको सुरक्षा र आर्थिक हितलाई असर गर्दैन। यसलाई कुनै तेस्रो पक्षले रोक्ने प्रयास गर्नु हुँदैन, हम्बनटोटा बन्दरगाह बेइजिङले सन् २०१७ मा श्रीलंकाबाट ९९ वर्षको लागि भाडामा लिईसकेको छ ।” श्रीलंकाले व्यापक परामर्शपछि चिनियाँ जहाजलाई हम्बनटोटा आउन अनुमति दिएको बताएको छ ।

चीनले यो बन्दरगाहलाई सैन्य गतिविधिका लागि प्रयोग गर्न सक्ने भारतलाई डर छ । १.५ बिलियन डलरको हम्बनटोटा बन्दरगाह एशिया र युरोपका लागि मुख्य ढुवानी मार्गको नजिक छ ।-एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com