यत्तिकै छोडियो सामूहिक बलात्कारका ११ अपराधी, त्यो पनि स्वतन्त्रता दिवशमा !


प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार

भारतले आफ्नो स्वतन्त्रताको ७६औँ वर्षगाँठ मनाइरहँदा गुजरातमा सात जनाको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय पाएका ११ जना दोषीलाई माफी दिएर जेल मुक्त गरिएको छ ।

यी ११ जना आजीवन कारावासको सजाय भोगिरहेका थिए र २००२ को गुजरात दङ्गामा बिल्किस बानोको सामूहिक बलात्कार र उनको परिवारका सात सदस्यको हत्याको आरोपमा गोधरा जेलमा थुनिएका थिए।

उनीहरुको सजाय माफी दिने निर्णय गुजरात सरकारले यस्तो समयमा लिएको हो जब केन्द्र सरकारले कैदीहरुको सजाय माफीका सम्बन्धमा जुन महिनामा सबै राज्यहरुलाई लेखेको पत्रमा भनिएको थियो । आजीवन काराबास भोग्नु पर्छ र बलात्कारमा दोषी ठहरिएका कैदीहरुलाई माफी दिनु हुदैन ।

केन्द्रीय गृह मन्त्रालयले जुन १० मा सबै राज्यलाई पत्र लेखेर भारतको स्वतन्त्रताको ७६औँ वर्षगाँठमा मनाइने स्वतन्त्रताको अमृत महोत्सवमा  कैदीहरूको सजाय मिनाहा गर्ने र रिहा गर्ने प्रस्ताव गरेको उल्लेख गरेको थियो। तिनीहरूलाई तीन चरणहरूमा :  चरण १५ अगस्त २०२२ हुनेछ, दोस्रो चरण २६ जनवरी २०२३ र तेस्रो चरण १५अगस्त २०२३ हुनेछ। यससँगै कुन श्रेणीका कैदीलाई सजाय माफी मिल्दैन भन्ने पनि बताइयो । यसमा बलात्कारको अभियोगमा दोषी ठहरिएका र आजीवन कारावासको सजाय भोग्नेहरू पनि पर्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटना कसरी भयो : 

सन् २००२ को गुजरात दङ्गामा अहमदाबाद नजिकैको रन्धिकपुर गाउँमा पाँच महिनाकी गर्भवती बिल्किस बानोको  सामूहिक बलात्कारमा भयो ।  उनकी तीन वर्षीया छोरी सालेहाको पनि निर्ममतापूर्वक हत्या गरिएको थियो ।

जनवरी २१, २००८ मा, मुम्बईको एक विशेष सीबीआई अदालतले बिल्किस बानोको सामूहिक बलात्कार र परिवारका सात सदस्यको हत्यामा ११ आरोपीहरूलाई आजीवन कारावासको सजाय सुनाएको थियो। उनको सजाय पछि बम्बई उच्च अदालतले सदर गरेको थियो।

दोषीमध्ये एक राधेश्याम शाहले १५ वर्षभन्दा बढी जेल सजाय भोगेपछि माफीको लागि सर्वोच्च अदालतमा पुगेका थिए र सर्वोच्च अदालतले गुजरात सरकारलाई माफीको मुद्दा हेर्न निर्देशन दिएको थियो।

त्यसपछि गुजरात सरकारले एउटा समिति गठन गरेको थियो । उक्त समितिले उक्त मुद्दाका ११ जना दोषीको सजाय मिनाहा गर्ने पक्षमा सर्वसम्मतिले निर्णय गर्दै रिहा गर्न सिफारिस गरेको थियो । अन्ततः भदौ १५ गते यस मुद्दामा आजीवन कारावासको सजाय भोगिरहेका ११ जना दोषी जेलमुक्त भएका थिए ।

सर्वोच्च अदालतमा कार्यरत वकिल पायोली स्वितिजा भन्छिन्, ‘गुजरात सरकारको समितिले यस मुद्दाका दोषीलाई माफी दिएर रिहा गर्ने निर्णय कसरी गर्‍यो, त्यो आफूले बुझ्न नसकेको बताएका छन् ।

उनी भन्छिन्, ‘सर्वोच्च अदालतले गुजरात सरकारले मात्र माफी दिने निर्णय गर्न सक्छ भनी भनेको छ, गुजरात सरकारद्वारा गठित समितिसँग अधिकार थियो तर उसले ती अधिकारहरूलाई आँखा चिम्लिएर प्रयोग गर्न हुँदैन । अपराधको प्रकृति कस्तो थियो, हेर्नुपर्छ। कैदीको व्यवहार कस्तो छ भन्ने मात्रै होइन, अपराधको प्रकृति कस्तो छ भन्ने पनि हेर्नु पर्छ । अपराधको प्रकृति हेर्दा असल विवेक भएको समितिले यस्तो निर्णय कसरी लिन सक्थ्यो ।’

निशानामा प्रधानमन्त्री मोदी :

यस घटनामा दोषी ठहर भएका ११ जना रिहा हुनुलाई ‘अप्रत्याशित’ भन्दै कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सीधा हमला गरेको छ । कांग्रेस प्रवक्ता पवन खेराले भने, “हिजो प्रधानमन्त्रीले लाल किल्लाको पर्खालबाट ठूला-ठूला कुरा गरे…नारी संरक्षण, नारी सम्मान, नारी शक्ति…राम्रा शब्दहरू प्रयोग गरे। केही घण्टापछि गुजरात सरकारले निर्णय लियो। त्यो अप्रत्याशित थियो, जुन कहिल्यै भएन।” यस घटनामा दोषी ठहर भएका ११ जना जेलबाट रिहा भएपछि तस्विर र भिडियोलाई लिएर पनि कांग्रेसले प्रधानमन्त्रीलाई निशाना बनाएको छ ।

कांग्रेस पवन खेराले भने, ‘त्यसोभए आज हामीले पनि देख्यौं, जो रिहा भएका छन्, उनीहरुको आरती भइरहेको छ, तिलक लगाइँदैछ, अभिवादन भइरहेको छ । यो अमृत महोत्सव हो ? प्रधानमन्त्रीको भनाइ यही हो । कि त जनताले, आफ्नै सरकारले प्रधानमन्त्रीको कुरा सुन्न छोडेका छन् वा प्रधानमन्त्रीले देशलाई अर्कै कुरा भन्छन्, फोन उठाउँछन् र आफ्ना प्रदेश सरकारहरूलाई अर्कै भन्छन् ।” -बिबिसि हिन्दीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com