पाकिस्तानमा बस र तेल ट्याङ्कर ठोक्किँदा २० यात्रुको मृत्यु


प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार

पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार यात्रुवाहक बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रदेशमा तीन दिनमा यो दोस्रो ठूलो सडक दुर्घटना हो । यो घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा रहेको मुल्तानको ‘मोटरवे’ मा भएको प्रहरीले जनाएको छ । आपतकालीन सेवा ‘रेस्क्यु ११२२’ का प्रवक्ताले भने, ‘लाहोरबाट कराँची जाँदै गरेको बस र तेल ट्याङ्करबीचको ठक्करबाट २० जनाको मृत्यु भएको छ । ठोक्किएपछि बसमा आगलागी हुँदा यात्रुहरु घाइते भएका छन् ।’

आगलागीमा परी जलेका ६ जना यात्रुलाई मुल्तानको निस्तार अस्पतालमा भर्ना गरिएको उनले बताए । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । ‘दुर्घटनामा ज्यान गुमाएका केहीको शव पूर्ण रुपमा जलेको र उनीहरुको पहिचान खुल्न बाँकी छ । उनीहरुको शव डिएनए परीक्षणका लागि परिवारलाई बुझाइनेछ ।’

दुर्घटनापछि दुवै सवारीसाधनमा आगो लागेकोले उद्धार र दमकलको टोलीलाई उद्धार कार्यमा निकै समस्या भएको उनले बताए । पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई राम्रो उपचार गर्न सम्बन्धित स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मृतकको पहिचान गरी सहयोग गर्न प्रशासनलाई आग्रह समेत गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार ट्रक र बस एक आपसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । लाहोरबाट करिब ४०० किलोमिटर टाढा रहिम यार खान जिल्लामा विपरीत दिशाबाट आउँदै गरेको उखु बोकेको ट्रक बसमाथि पल्टिएको थियो । बसमा जम्मा १८ जना यात्रु सवार थिए । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com