चिनियाँ जहाज आज श्रीलंकाको हम्बनटोटा पुग्दै, किन डराएको छ भारत


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

चीनको युआन वाङ-५ जहाज आज अगस्ट १६ मा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुग्नेछ।  श्रीलंकामा चलिरहेको राजनीतिक-आर्थिक उथलपुथलका बीच  हम्बनटोटा बन्दरगाहमा पुग्ने जासुसी जहाज आगामी ६ दिन हम्बनटोटामै रहने छ । भारतिय मिडियाका अनुसार, भारतले यो जासुसी जहाजको प्रस्तावित यात्रामा श्रीलंकाले कस्तो सहयोग गरिरहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

यसअघि यो जहाज ११ अगस्टमा हम्बनटोटा पुग्ने थियो । त्यतिबेला पनि भारतले श्रीलंकाको यो कदमप्रति चिन्ता व्यक्त गरेको थियो । यसपछि श्रीलंकाले चिनियाँ जहाज हम्बनटोटा बन्दरगाहमा इन्धन भर्नका लागि मात्र रोकिने बताएको थियो तर भारतको आपत्तिपछि श्रीलंकाले चीनलाई आफ्नो जहाज पठाउने योजना स्थगित गर्न आग्रह गरेको थियो ।

अन्ततः, श्रीलंकाको विदेश मन्त्रालयले गत शुक्रबार पुष्टि गर्‍यो कि चिनियाँ जहाज युआन वाङ ५ लाई अगस्ट १६  देखि  २२ सम्म हम्बनटोटा बन्दरगाहमा पोर्ट गर्न स्वीकृति दिइएको छ।

चीनले यो बन्दरगाहलाई सैन्य गतिविधिका लागि प्रयोग गर्न सक्ने भारतलाई डर छ । १.५ बिलियन डलरको हम्बनटोटा बन्दरगाह एशिया र युरोपका लागि मुख्य ढुवानी मार्गको नजिक छ। ऋण नतिरेको बदलामा श्रीलंकाले ९९ वर्षसम्म हम्बनटोटा बन्दरगाह धितो राखेपछि भारतले यो चिन्ता उठाइरहेको छ ।

वास्तवमा, चीनले युआन वाङ छ लाई अन्तर्राष्ट्रिय ढुवानी र अनुसन्धान(सर्वेक्षण जहाजको रूपमा वर्णन गर्दछ, तर यसलाई दोहोरो प्रयोगको जासूस जहाज पनि भनिन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com