राजस्थानमा शिक्षकको कुटाइबाट २३ दिनपछि ९ बर्षका दलित बालकको मृत्यु


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

राजस्थानको जालोर जिल्लामा राजस्थानमा शिक्षकको कुटाइबाट २३ दिनपछि नौ वर्षीय दलित बालकको मृत्यु भएको छ ।

निजी विद्यालयका शिक्षकको कुटाइबाट दलित बालकको मृत्यु भएको थियो । माटोको भाँडामा राखेको पानी पिएपछि शिक्षकले बालकलाई कुटपिट गरेको आरोप छ ।

शिक्षकको कुटपिट पछि, बालकको परिवारका सदस्यहरूले २३ दिनसम्म विभिन्न अस्पतालहरूमा उपचार गरे । तर शनिबार अहमदाबादको एक अस्पतालमा बच्चाको मृत्यु भयो।

यस घटनामा संलग्न शिक्षक पक्राउ परेका छन् । तर मटकाको पानी पिएकै कारणले कुटपिट गरेको भने अझै पुष्टी नभएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिक्षक छैलसिंह

जालोर विधानसभाको सायला तहसीलको सुराना गाउँमा सरस्वती विद्यालय रहेको छ। यस निजी विद्यालयमा तेस्रो कक्षामा नौ वर्षीय दलित विद्यार्थी इन्द्र कुमार मेघवाल पढ्थे । जुलाई २० मा विद्यालयका संचालक तथा शिक्षक छैलसिंहले कक्षा ३ का विद्यार्थी इन्द्र कुमार मेघवाल कुटपिट गरेका थिए ।

४० वर्षीय छैलसिंहको कुटाइबाट ९ वर्षीय इन्द्र कुमार मेघवालको कान र आँखामा चोट लागेको थियो ।

यस विषयमा परिवारका सदस्यले प्रहरीमा दिएको लिखित उजुरी अनुसार मेघवाल जुलाई २० मा सदाझैँ स्कुल गएका थिए । उनले ११ बजेतिर तिर्खा लागेपछि र भाँडोको पानी पिएका थिए । उनी निर्दोष थिए । उनलाई कथित उच्च जातका छुट्टै मटका राखिएको थाहा थिएन । कथित उच्च जातका लाथि राखिएको भाँडोबाट कथित तल्लो जातको व्यक्तिले पानी पिएको भन्दै बालकमाथि कुटपिट भएको थियो ।

कुटपिटपछि परिवारले इन्द्र कुमारलाई २३ दिनसम्म विभिन्न ठाउँमा उपचारका लागि भर्ना गराए । तर निको भएन । अन्तत विद्यार्थीलाई गम्भीर अवस्थामा उदयपुरको अस्पतालबाट अहमदावाद लगिएको थियो। अहमदाबादमा दुई दिन भर्ना भएपछि इन्द्र कुमारको उपचारका क्रममा अगस्ट १३ मा मृत्यु भएको थियो । मृतक इन्द्रकुमार तीन दाजुभाइमध्ये कान्छो थिए ।

बालकको मृत्युपछि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालले सरस्वती विद्यालयका शिक्षक छैलसिंहलाई मृत्युको जिम्मेवार ठहराएका थिए । दलित विद्यार्थी इन्द्र कुमारको मृत्यु भएपछि परिवारले शिक्षकविरुद्ध सायला प्रहरी चौकीमा उजुरी दिएका थिए । मृतक विद्यार्थीका काका किशोर कुमार मेघवालको लिखित उजुरीको आधारमा शिक्षक विरुद्ध एफआईआर दर्ता गरिएको छ।

बच्चाको अवस्था कसरी गम्भीर भयो भन्नेबारे पोष्टमार्टम रिपोर्ट आइसकेको छैन । रिपोर्ट आएपछि मात्रै मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ ।

१३ अगस्तमा बालकका दुईवटा भिडियो पनि सार्वजनिक भएका छन् । भिडियोमा बालकको अवस्था गम्भीर रहेको स्पष्ट देखिन्छ । परिवारका सदस्यले विद्यार्थीसँग कुरा गर्ने प्रयास गरेपनि उनी केही बोल्न नसकेको देखिएको छ ।

विद्यार्थी आँखा चिम्लेर पीडाले चिच्याइरहेका छन् । विद्यार्थीलाई अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समा परिवारका सदस्यले भिडियो बनाएका थिए ।

भिडियोमा विद्यार्थीको नाकमा अक्सिजन लगाइएको देखिन्छ । दाहिने आँखा सुन्निएको छ। परिवारले पटक–पटक कुरा गर्ने प्रयास गरिरहे पनि पीडाले चिच्याइरहेका नौ वर्षीया विद्यार्थी केही बोल्न नसक्ने अवस्थामा देखिन्छन् ।

अर्को भिडियो पनि सार्वजनिक भएको छ । जसमा परिवारका सदस्यले विद्यार्थीसँग कुरा गर्दै कसले कुटेको हो भनेर सोधिरहेका छन् । यो भिडियोमा विद्यार्थी पनि सुतिरहेको देखिन्छ भने आँखा बन्द रहेको छ । ओछ्यानमा औषधि राखिएको छ ।

भिडियोमा परिवारका सदस्यले विद्यार्थीलाई कसले कुट्यो, कसले थप्पड हाने भनेर सोधिरहेका छन् । विद्यार्थीले जवाफ दिँदैनन् । उनीहरुले धेरैको नाम लिदै सोधिरहेको देखिन्छ । आफन्तले छैलसिंहले हानेको हो भनेर सोध्दा विद्यार्थीले घाँटी हल्लाएर हो भन्ने जवाफ दिएका छन् । आफन्तले कहाँ हाने ? भनेर सोध्दा विद्यार्थीले औँलाले कानको पछाडितिर देखाउँछन् ।

आरोपित शिक्षकविरुद्ध विरुद्ध सबैभन्दा गम्भीर धाराहरू लगाइएको छ। आईपीसीको धारा ३०२ हत्या र एससी एसटी ऐन अनुशार एफआईआर दर्ता गरिएको छ।

बहुजन समाज पार्टी राजस्थानले यस घटनाको विरोधमा अगस्ट १६ मा राज्यका सबै जिल्ला कलेक्टरहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ।

मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । यस मामिलाको गम्भीरतालाई ध्यानमा राख्दै गहलोतले यस विषयलाई केस अफिसर योजना अन्तर्गत लिन निर्देशन दिएका छन्, ताकि घटनाको छानबिन गरी दोषीलाई छिट्टै सजाय होस्। गहलोतले मृतक विद्यार्थीका परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावतीले ट्वीट गर्दै घटनाको निन्दा गरेकी छन् । उनले राजस्थानमा दिनहुँ यस्ता जातिय पीडादायी घटनाहरु भइरहेको भन्दै राजस्थानको कांग्रेस सरकार दलित, आदिवासी र विशेष गरी उपेक्षितहरूको जीवन र इज्जतको रक्षा गर्न असफल भएको बताएकी छिन् ।

राजस्थान बीजेपीका अध्यक्ष सतीश पुनियाले विज्ञप्ति जारी गर्दै पछिल्लो साढे तीन वर्षमा राजस्थानमा एकपछि अर्को दलितविरुद्ध अत्याचारका घटनाहरू भएका भएको बताएका छन् । उनले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग अपिल गरेका छन् ।

राजस्थानका गृह विभागका मन्त्री राजेन्द्र सिंह यादवले विज्ञप्ति जारी गर्दै घटनालाई दुःखद भएको बताएका छन् । उनले मानवताका कलंक शिक्षकलाई कडाभन्दा कडा सजाय दिइने बताएका छन् ।

जालोर जिल्लामा भएको घटनापछि बरन अत्रुका कांग्रेस विधायक पानचन्द मेघवालले विधायक पदबाट राजीनामा दिएका छन्। दलित समाजमाथि भइरहेको यातना देखेर आफ्नो मन दुखेको उनले बताएका छन् । यस्ता अत्याचार नसहने र जनक्रान्ति ल्याउन केही बलिदान दिनैपर्छ भन्ने भावनाले विधायक पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com