Follow @khasokhasmag

राजधानीको व्यापारिक केन्द्रमा विस्फोट : ६ जनाको मृत्यु, १७ वेपत्ता


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

अर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको  शक्तिशाली विस्फोटमा परी  जनाको मृत्यु भएको ६ भने १७ जना बेपत्ता रहेको अर्मेनियाली अधिकारीले बताएका छन् ।

आकस्मिक सेवामामिला मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “उक्त घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् । उक्त घटनामा घाइते भएका २८ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।”

विस्फोटपछि तीन तले भवन भत्किएको त्यहाँ रहेका दर्जनौ मानिस भग्नावशेषमा परेका थिए । विष्फोट भएको केही मिनेटमा नै उक्त स्थानमा स्थानीय, सुरक्षाकर्मी र तालिमप्राप्त उद्धारकर्मीहरू पुगी उद्धार सुरू गरेका अधिकारीहले बताएको छन् ।

घटनास्थलमा करिब ३५० अग्निनियन्त्रक र उद्धारकर्मीलाई परिचालन गरी जीवित व्यक्तिको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार नै उद्धार कार्यको निरीक्षण गर्नुभएको थियो । येरेभानस्थित सुरमालु सपिङ सेन्टरमा स्थानीइ समय अनुसार आइतबार शक्तिशाली विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बजारको आतसबाजी भण्डार गरी राखिएको गोदाममा विस्फोट भएको थियो । विस्फोटपछि घटनास्थलमा भीषण आगलागी भएको बताइएको छ ।

अधिकारीहरूले घटनाको कारणबारे विस्तृत जानकारी दिएका छैनन् ।-एजेन्सी

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com