१ को मृत्यु र १७ घाइते हुनेगरी पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रममा गाडी जोत्ने पक्राउ


प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार

पेन्सिलभेनियामा शनिबार साँझ मानिसहरूको भीडमा गाडी जोत्ने व्यक्तिलाई पक्राउ गरिएको छ । उक्त व्यक्तिले एकजनाको मृत्यु र १७ जना घाइते हुनेगरी भींडमा गाडी जोतेपछि नजिकैको काउन्टीमा अर्को एकजना महिलाको समेत हत्या गरेको अभियोग लगाइएको छ ।

अगस्तको पहिलो साता एउटा घरमा भएको आगलागीमा १० जनाको मृत्यु भएको घटनामा आगलागी पीडितहरूका लागि पैसा जुटाउन गरिएको कार्यक्रममा गाडी जोतेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा एकजनाको मृत्यु भइसकेका थिए भने कैयन घाइते भएका थिए ।

त्यसको केही समय पछि लुजर्न काउन्टीको नेस्कोपेक बरोमा एक महिलालाई शारीरिक रूपमा आक्रमण भएको जानकारी प्रहरीले वाएको थियो । प्रहरी त्यहाँ पुग्दा महिलालाई मृत अवस्थामा भेटाएको थियो । गाडी जोत्ने व्यक्ति र महिलामाथि आक्रमण गर्ने व्यक्ति एउटै भएको अधिकारीहरुको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५६ वर्षीया रोजा रेयेसलाई गाडीले ठक्कर दिएपछि हथौडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । संदिग्ध आक्रमणकारी २४ वर्षीय एड्रियन ओस्वाल्डो सुरा रेस रहेको जनाइएको छ । आक्रमणकारी मृतक रोजा रेससँग सम्बन्धित भए नभएकोबारे भने केही खुलेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com