इजिप्टको कोप्टिक चर्चमा आगोलागी हुँदा ४१ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २९, २०७९ आईतबार

इजिप्टमा ठूलो दुर्घटना भएको छ । राजधानी काहिरोको एक क्रिस्चियन चर्चमा भएको आगलागीमा परी ४१ जनाको मृत्यु भएको छ । आगलागीको कारण खुल्न नसकेको तर सर्ट सर्किटका कारण आगलागी भएको प्रहरीको अनुमान छ ।

राजधानी काहिरोको उत्तरपश्चिममा इम्बाबा जिल्लामा रहेको अबु सिफिन चर्चमा आगलागी भएको हो । दमकलले निकै प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल  फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् । आगलागीबाट घाइते भएका ५५ जनालाई एम्बुलेन्समार्फत अस्पताल लगिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोप्ट्स मध्य पूर्वी देशहरूमा सबैभन्दा ठूलो ईसाई समुदाय हो। इजिप्टको १० करोड जनसंख्यामा यस समुदायको सहभागिता करिब १० करोड छ। इजिप्ट अरब देशहरू मध्ये सबैभन्दा धेरै जनसंख्या भएको देश हो। कप्ट समुदायले इजिप्टमा लगातार आक्रमण र भेदभावको सामना गरिरहेको छ।-एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com