औषधिमाथिको प्रतिबन्ध, मानवता विरुद्धको अपराध : युक्रेन


प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार

युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन् । आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन् ।

स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रूसी अधिकारीहरूले कब्जा गरेका शहरहरू र गाउँहरूमा जनतालाई राज्यले अनुदान स्वरूप उपलब्ध गराउँने औषधिहरूको प्रवाहमा समेत अबरुद्ध गरेको बताएका छन् ।

“विगत छ महिनाको युद्धको अवधिमा रूसले मानवीय कोरिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन जसले गर्दा बिरामीहरूलाई अनुदानका औषधिहरू समेत उपलब्ध गराउन समस्या भएको छ।

मन्त्री लिआस्कोले यस्तो निन्दनीय कार्यलाई मानवता विरुद्धको अपराध र युद्ध अपराध भनेका छन् ।
युक्रेनी सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरूलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ। तर युद्ध शुरु भए यता अस्पताल र सडक लगायत अन्य थुप्रै पूर्वाधारको विनाशसँगै करिब ७० लाख मानिसको विस्थापनले यहाँको स्वास्थ्य प्रणालीलाई भताभुङ्ग बनाएको छ। मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै बीच विश्व स्वास्थ्य सङ्गठनले अगस्ट ११ सम्म अस्पताल र अन्य स्वास्थ्य सेवा सुविधाहरूमाथी ४४५ पटक आक्रमण भएको बताएको छ । ती आक्रमणहरूमा ८६ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com