मोन्टेनेग्रो : पारिवारिक विवादमा गोली चल्द ११ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २८, २०७९ शनिबार

मोन्टेनेग्रोको सेटिन्जे सहरमा पारिवारिक विवादपछि भएको गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । छलफलमै सहभागी आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरे। सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।

एक सर्वसाधारणले बन्दुकधारीलाई गोली हानेर आक्रमणकारीको हत्या गरेपछि आक्रमणको शृंखला रोकिएको थियो ।

अन्य ६ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री ड्रिटन अबाजोभिकले उक्त घटनापछि सरकारले तीन दिने शोकको घोषणा गरेको बताएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com