कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि बृहत बिल दुबै सदनबाट पारित, बिलमा के छ ?


प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार

अमेरिकी सिनेटबाट पारित कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि बृहत बिल प्रतिनिधिसभाबाट पनि पारित भएको छ । बिलका पक्षमा २२० र विपक्षमा २०७ मत खसेको छ । ४ जना रिपब्लिकनहरुले मतदान नगरेको जनाइएको छ । अब यो बिल हस्ताक्षरका लागि राष्ट्रपति जो बाइडेन समक्ष जानेछ ।

यो बिल गत आइतबार सिनेटबाट पारित भएको थियो । बिलको पक्ष र विपक्षमा पचास पचास मत खसेपछि उपराष्ट्रपति कमला ह्यारिसले गतिरोध तोड्न र प्याकेजलाई सदनमा पठाउन टाइब्रेक गर्दै निर्णायक मतदान गरेकी थिइन् । रातभर भोट अ रामा प्रकृया अपनाएपछि आइतबार दिउसो यो बिल पारित गरिएको थियो ।

लामो समयदेखि प्रतिक्षा गरिएको ७४० बिलियन डलरको बिलले ठूला विजनेशमा कर बढाउने, जलवायु परिवर्तनसँग जुध्ने, डाक्टरबाट सिफारिस गरिएका औषधिको मूल्य घटाउने र घाटा कम गर्ने विषय समेटेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो बिलले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो जलवायु लगानीको प्रतिनिधित्व गर्नेछ । त्यस्तै मेडिकेयरलाई निश्चित औषधिहरूको मूल्यमा मोलतोल गर्न र म्याद सकिने स्वास्थ्य सेवा अनुदानहरू तीनबर्षका लागि विस्तार गर्न पहिलो पटक शक्ति प्रदान गर्नेछ ।

यो प्याकेजले डेमोक्र्याटहरूलाई आगामी मध्यावधि चुनाव अघि प्रमुख नीतिगत उद्देश्यहरू हासिल गर्ने मौका दिनेछ। बिल पारित भएपछि जलवायु परिवर्तनसँग लड्ने, स्वास्थ्य सेवाको लागत घटाउने, धनीहरूले दुरुपयोग गर्ने कर छुटहरू बन्द गर्ने र घाटा घटाउने सबै लक्ष्यहरू पूरा हुने डेमोक्र्याट्सहरुको भनाई छ ।

विद्युतीय गाडी किन्दा ७५ सय डलरसम्म ट्याक्स क्रेडिट 

बिलमा गाडी किन्दा विद्युतीय गाडी किन्दा ७५ सय डलरसम्म ट्याक्स क्रेडिटको व्यवस्था गरिएको छ ।  स्वच्छ ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणका लागि ल्याइएको यो बिलमा विद्युतीय गाडीका लागि ट्याक्स क्रेडिटको व्यवस्था गरिएको हो ।

बिल अनुशार पूरानो विद्युतीय गाडी किन्दा ४ हजार डलर ट्याक्स क्रेडिटको व्यवस्था गरिएको छ भने नयाँ विद्युतीय गाडी किन्दा ७५ सय डलर ट्याक्स क्रेडिटको व्यवस्था गरिएको छ । तर मध्य र कम आम्दानी भएकाहरुलाईमात्र यो ट्याक्स क्रेडिट प्रदान गरिनेछ ।

बिलमा तातो पम्प र रूफटप सोलार प्यानलहरू जस्ता स्वच्छ ऊर्जा स्रोतहरू खरिद गर्ने मानिसहरूका लागि पनि छुट र ट्याक्स क्रेडिटहरू उपलब्ध छन्। ती उपायहरू अधिक मानिसहरूलाई स्वच्छ ऊर्जा उपलब्ध गराउने उद्देश्यका छन् । सोलार प्यानलहरू सेटअपको लागि लगभग ११ हजार डलर खर्च हुन्छ ।

रोडियम समूहको एक अध्ययनले अनुमान गरे अनुशार बिलको प्रावधानहरूले सन् २०३० सम्ममा प्रति वर्ष हरेक घरमा औसतमा १ हजार २५ डलर बचत गर्नेछ।

बिलले मेडिकेयरलाई केहि धेरै महँगो औषधिहरूको सन्दर्भमा सस्तो मूल्यका लागि मोलमोलाई गर्न र मेडिकेयर लिनेहरुका लागि प्रतिबर्ष २ हजार डलरसम्मको आउट अफ पकेट प्रिस्क्रिप्शन लागतका लागि अनुमति दिनेछ। यो उपायले उपभोक्ताहरूको खर्च कम गर्नेछ। त्यस्तै औषधि कम्पनीहरूले मुद्रास्फीति बढेको भन्दा छिटो औषधिको मूल्य बढाएमा मेडिकेयरलाई छुट दिन आवश्यक हुनेछ ।

आईआरएसलाई ८० बिलियन डलर

बिलमा आईआरएसलाई ८० बिलियन डलर विनियोजन गरिएकोमा करमा गडबड गर्नेलाई कारवाही गर्न आईआरएसले ८७ हजार एजेण्ट थप्ने योजना बनाएको छ ।  ४५ दशमलव ६ बिलियन डलर करमा गडबड गर्नेलाई कारवाही गर्न छुट्याइएपछि आईआरएसले यस्तो योजना बनाएको हो ।

आईआरएसका प्रमुखले ८० बिलियन डलर रकम मध्य र कम आय भएका अमेरिकनको अडिटमा प्रयोग नगरिने स्पष्ट पारेका छन् । त्यस्तै साना व्यवसायलाई अडिट गर्नका लागि पनि उक्त रकम र साधनश्रोत नलगाइने उनले बताएका छन् ।

बार्षिक ४ लाखभन्दा कम आम्दानी भएका परिवारको आम्दानीको अडिट दर नबढाइने पनि उनले बताएका छन् । बिल पारित गर्दा राष्ट्रपति जो बाइडेन र डेमोक्र्याट्सहरुले बार्षिक ४ लाखभन्दा कम आम्दानी हुनेहरुले विगतको तुलनामा एक सेन्ट पनि बढी कर तिर्नु नपर्ने दावी गरेका छन् ।

आईआरएसको अडिट दर २०१५ को तुलनामा २०१९ सम्म आउँदा ४४ प्रतिशतले बृद्धि भएको छ । १ मिलियन वा त्योभन्दा बढी कमाउनेहरुका लागि आईआरएसको अडिट ७५ प्रतिशत घटेको छ भने कमदेखि मध्य आम्दानी हुनेहरुका सन्दर्भमा पनि ३३ प्रतिशतले घटेको छ ।

आईआरएसले खासगरी आफ्नो प्रणालीमार्फत कुन ट्याक्स रिटर्नको छानविन र अडिट गर्ने भन्ने निर्धारण गर्दछ । अस्वभाविक रुपमा ट्याक्स दरहरु घटाउने र क्रेडिट लिने गरेको पाइएमा त्यस्ता ट्याक्स रिटर्न छानविन र अडिटको दायरमा आउनसक्छन् ।

उदाहरणका लागि कसैले १ लाख ५० हजार बार्षिक रुपमा आम्दानी गर्छ तर ५० हजार डलर दान गरेको भनेर घटाउन खोजेमा त्यो अस्वभाविक देखिनसक्छ र आईआरएसले छानविन गर्नसक्छ । त्यस्तै सबै आम्दानीहरु रिपोर्ट नगरिएको खण्डमा पनि आईआरएसको छानविनको दायरामा पर्नसक्छ ।

स्वरोजगारहरुलाई आईआरएसले बढी छानविन र अडिट गर्नसक्छ । उनीहरुको तुलनामा डब्ल्यु टुमा काम गर्नेहरु छानविनको दायरामा कमै पर्ने सम्भावना रहन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com