लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा भएको आक्रमणको बेलायती प्रधानमन्त्रीबाट निन्दा


प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै रुस्दी ठीकठाक भएको आशा व्यक्त गरेका छन् । बेलायतका अन्य राजनीतिज्ञहरुले आक्रमणको निन्दा गरिरहँदा जोनसनको ट्वीट आएको हो ।

सलमान रुस्दीको शल्यक्रिया भइरहेको रोयटर्स समाचार एजेन्सीले उनको एजेन्टलाई उद्धृत गर्दै बताएको छ । आक्रमणकारीले स्टेजमा उभिरहेका सलमान रुस्दीलाई चक्कुले घाँटीमा आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

रुस्दी उठेर भाग्न खोज्दा पछाडी लडेका थिए । धेरै मानिसहरू उनलाई सहयोगमा आएका थिए भने उनीहरुले आक्रमणकारीलाई रोकेका थिए । रुस्दीको कुर्सी पछाडिको पर्दा रगतमा लतपतिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थलमा पुगेका स्वास्थ्यकर्मीले रुस्दीलाई प्राथमिक उपचार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि हेलिकोप्टरबाट अस्पतालमा लगिएको थियो ।

बेलायतका सांसदहरुले बेलायती लेखक सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । कन्जरभेटिभ नेतृत्वका उम्मेदवार ऋषि सुनकले वाक स्वतन्त्रता र कलात्मक स्वतन्त्रताका च्याम्पियन रुस्दीमाथिको आक्रमणको खबर सुनेर आफू स्तब्ध भएको बताएका छन् ।

बेलायतका विजनेश सेक्रेटरी क्वासी क्वार्टेङले आफू डराएको उल्लेख गर्दै लेखकहरूलाई लेख्ने जत्तिकै जोगाउन आह्वान गरेका छन् ।

कल्चर सेक्रेटरी नादिन डोरिजले साहित्यिक विशाल र अभिव्यक्ति स्वतन्त्रताको महान रक्षकहरू मध्ये एकजनामाथि भयानक आक्रमण भएको भन्दै निन्दा गरेकी छिन् । स्टीफन किंग लगायतका लेखकहरुले पनि आक्रमणको निन्दा गरेका छन् ।

न्युयोर्ककी गभर्नर क्याथी होचुलले आक्रमणको निन्दा गर्दै मानिसहरूले सत्य बोल्न र लेख्न स्वतन्त्र महसुस गर्नु महत्त्वपूर्ण रहेको बताएकी छिन् ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको बताइएको छ । आक्रमणको कारण भने अझै खुल्न सकेको छैन । सलमान रुस्दी आफ्नो पुस्तक द सैटर्निक भर्सेसका लागि कट्टरपन्थीको निशानामा परेका छन् । जसका कारण उनले धेरै वर्ष निर्वासनमा बस्नुपरेको थियो ।

सलमान रुस्दी भारतीय मूलका लेखक हुन् । उनले द सैटर्निक भर्सेस र मिडनाइट चिल्ड्रेन जस्ता प्रसिद्ध उपन्यासहरू लेखेका छन् । रुस्दीलाई सन् १९८१ मा मिडनाइट चिल्ड्रेनका लागि बुकर पुरस्कार प्रदान गरिएको थियो ।

सन् १९८८ मा आएको उनको चौथो उपन्यास द सैटानिक भर्सेसलाई लिएर पनि धेरै हंगामा भएको थियो । कट्टरपन्थीहरूले सलमान रुस्दीको मृत्युको फतवा पनि जारी गरेका थिए । सन् १९८९ मा इरानका सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खोमेनीले पनि रुस्दीलाई ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि उनलाई बेलायती सरकारले प्रहरी सुरक्षा प्रदान गरेको थियो ।

सन् २००७ मा उनलाई बेलायती महारानीले साहित्यमा उनको सेवाको मान्यतामा ‘नाइट’को उपाधि दिएकी थिइन् । २००८ मा द टाइम्सले १९४५ पछि ५० उत्कृष्ट ब्रिटिश लेखकहरूको सूचीमा उनलाई तेह्रौं स्थानमा राखेको थियो ।

रुस्दी सन् २००० देखि अमेरिकामा बस्दै आएका छन् । उनलाई सन् २०१५ मा न्यूयोर्क विश्वविद्यालयको आर्थर एल कार्टर पत्रकारिता संस्थानमा प्रतिष्ठित लेखक नाम दिइएको थियो। त्यसअघि उनले एमोरी विश्वविद्यालयमा पढाउँथे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com