न्यान्सी पेलोसीले भनिन् : ‘ताइवान भ्रमणमा कुनै पछुतो छैन’


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन् । चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि बेइजिङको सैन्य अभ्यासलाई लिएर उनको भनाइ आएको हो । उनले भनेकी छन् ,‘चीनले ताइवान माथिको नयाँ दबाबलाई सामान्यकरण गर्न खोजेको पायौँ  र हामी यसलाई सामान्य मान्न सक्दैनौं ।’

पेलोसीले एसिया भ्रमणका क्रममा उनीसँगै यात्रा गरेका अन्य चार डेमोक्रयाटिक हाउसका सदस्यहरूसँगको पत्रकार सम्मेलनमा भनिन् । न्यान्सी पेलोसीले ताइवान यात्राको बारेमा कुनै पछुतो नभएको बताउँदै भनिन्, ‘अमेरिका आफ्ना सहयोगीसँग सधै उभिएको छ भन्ने देखाउन आवश्यक थियो ।’ न्यान्सी पेलोसी सन् १९९७ मा उनको पूर्ववर्ती न्युट गिङरिचको ताइवान भ्रमणपछि यस द्वीपको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी नेता हुन्।

चीनले ताइवान वरपर ‘विभिन्न कार्य’ पूरा गरेको तर  नियमित गस्ती जारी राख्ने जनाएको छ । स्वशासित टापुमा दबाब जारी राख्ने जनाएको छ । ताइवान टापुको वरपर समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com