जम्मु-कश्मीर : सेनाको क्याम्प नजिकै विद्रोहीद्वारा आक्रमण, ३ जना भारतीय सुरक्षाकर्मीको मृत्यु


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

जम्मु-कश्मीरमा भएको विद्रोही आक्रमणमा ३ जना भारतीय सिपाहीको मृत्यु भएको छ ।

भारतिय सञ्चारमाध्यमका अनुासार जम्मु-कश्मीरको रजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिकै विद्रोहीसँग भएको दोहोरो भिडन्तमा उनीहरुको मृत्यु भएको हो ।

उक्त भिडन्तमा दुई सैनिक घाइते भएका  छन भने  २ जना विद्रोहीको मृत्यु भएको छ । प्रहरी महानिर्देशक मुकेश सिंहले आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com