Follow @khasokhasmag

अमेरिकाको इन्डियाना राज्यमा भएको विष्फोटमा ३ को मृत्यु, ३९ घर क्षतिग्रस्त


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

अमेरिकाको इन्डियाना राज्यमा घरमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षतिग्रस्त भएका छन् । इभान्सभिलमा भएको घटनामा अन्य घरहरु आंशिक र पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

घटनास्थलमा विभिन्न सुरक्षा निकायका अधिकारीहरु पुगेका छन् भने स्थानीयहरुलाई उक्त क्षेत्रबाट टाढा बस्न भनिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

झण्डै १ सय फुटको परिधिमा बिष्फोट भएको जनाइएको छ । के कारणले बिष्फोट भएको हो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । दिउसो १ बज्नुभन्दा केही पहिले बिष्फोट भएको जनाइएको छ ।

प्रहरीले नजिकका सडकहरु बन्द गरेको छ । खोजीकार्य जारी रहेकाले पीडितहरुको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घटनामा तीनजना घाइते भएको बताइएपनि थप विवरण आएको छैन ।

विष्फोटका कारण उक्त क्षेत्रमा विद्युत आपूर्तिमा समेत अवरोध उत्पन्न भएको थियो । दिउसो ३ बजेसम्म १६२ घरमा विद्युत आपूर्तिमा अवरोध थियो भने त्यो अगाडि १ हजारसम्म घरमा अवरोध आएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com