करमा गडबड गर्नेलाई कारवाही गर्न ८७ हजार एजेण्ट राख्दै आईआरएस, निशानामा को ?


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

करमा गडबड गर्नेलाई कारवाही गर्न आईआरएसले ८७ हजार एजेण्ट थप्ने योजना बनाएको छ । सिनेटबाट पारित बिलमा आईआरएसलाई ८० बिलियन डलर विनियोजन गरिएकोमा ४५ दशमलव ६ बिलियन डलर करमा गडबड गर्नेलाई कारवाही गर्न छुट्याइएपछि आईआरएसले यस्तो योजना बनाएको हो ।

आईआरएसका प्रमुखले ८० बिलियन डलर रकम मध्य र कम आय भएका अमेरिकनको अडिटमा प्रयोग नगरिने स्पष्ट पारेका छन् । त्यस्तै साना व्यवसायलाई अडिट गर्नका लागि पनि उक्त रकम र साधनश्रोत नलगाइने उनले बताएका छन् ।

बार्षिक ४ लाखभन्दा कम आम्दानी भएका परिवारको आम्दानीको अडिट दर नबढाइने पनि उनले बताएका छन् । बिल पारित गर्दा राष्ट्रपति जो बाइडेन र डेमोक्र्याट्सहरुले बार्षिक ४ लाखभन्दा कम आम्दानी हुनेहरुले विगतको तुलनामा एक सेन्ट पनि बढी कर तिर्नु नपर्ने दावी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआरएसको अडिट दर २०१५ को तुलनामा २०१९ सम्म आउँदा ४४ प्रतिशतले बृद्धि भएको छ । १ मिलियन वा त्योभन्दा बढी कमाउनेहरुका लागि आईआरएसको अडिट ७५ प्रतिशत घटेको छ भने कमदेखि मध्य आम्दानी हुनेहरुका सन्दर्भमा पनि ३३ प्रतिशतले घटेको छ ।

आईआरएसले खासगरी आफ्नो प्रणालीमार्फत कुन ट्याक्स रिटर्नको छानविन र अडिट गर्ने भन्ने निर्धारण गर्दछ । अस्वभाविक रुपमा ट्याक्स दरहरु घटाउने र क्रेडिट लिने गरेको पाइएमा त्यस्ता ट्याक्स रिटर्न छानविन र अडिटको दायरमा आउनसक्छन् ।

उदाहरणका लागि कसैले १ लाख ५० हजार बार्षिक रुपमा आम्दानी गर्छ तर ५० हजार डलर दान गरेको भनेर घटाउन खोजेमा त्यो अस्वभाविक देखिनसक्छ र आईआरएसले छानविन गर्नसक्छ । त्यस्तै सबै आम्दानीहरु रिपोर्ट नगरिएको खण्डमा पनि आईआरएसको छानविनको दायरामा पर्नसक्छ ।

स्वरोजगारहरुलाई आईआरएसले बढी छानविन र अडिट गर्नसक्छ । उनीहरुको तुलनामा डब्ल्यु टुमा काम गर्नेहरु छानविनको दायरामा कमै पर्ने सम्भावना रहन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com