रुसको निशानामा युक्रेनको आणविक प्लान्ट, विकिरण फैलने त्रास !


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

रुस-युक्रेन युद्धका कारण फैलिएको आणविक विकिरणको डरले विश्वलाई नै तनावमा पारेको छ । युक्रेनले रुसी सेनाले आफ्नो देशको आणविक प्लान्टलाई निशाना बनाएको आरोप लगाएको छ ।

युक्रेनको सरकारी आणविक उर्जा कम्पनी एनर्जेटमका प्रमुख पेट्रो कोटिनले जापोरिज्ज्या आणविक उर्जा केन्द्रमा गोलाबारीका कारण आणविक विकिरणको जोखिम ‘अत्यन्त उच्च’ भएको चेतावनी दिएका छन्। उनी भन्छन्, ‘युक्रेनले हिउँद अघि रुसको कब्जामा रहेको यो आणविक उर्जा केन्द्रमा आफ्नो अधिकार सुनिश्चित गर्नुपर्नेछ ।’

युक्रेनको यो चेतावनीपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोगको टोलीले स्थितिको निरन्तर निगरानी गरिरहेको छ ।

पेट्रो कोटिन भन्छन्, ‘रुसले गत हप्ता गोलीबारीमा जापोरिज्ज्या आणविक पावर प्लान्टको तीन लाइनमा क्षति पुर्याएको थियो । यी लाइनहरूले प्लान्टलाई युक्रेनी ग्रिडमा जोड्छन् र रूसले यो सुविधालाई आफ्नो ग्रिडमा जोड्न चाहन्छ । रूसी गोला परमाणु ईन्धन भण्डारण सुविधा नजिकै खसेका थिए । यसमा उच्च विकिरण भएका पदार्थका १७४ कन्टेनर राखिएको छ ।’

उनले यी रेडियोधर्मी पदार्थको फायरिङबाट निम्त्याउने खतराबारे चेतावनी दिँदै भने, ‘सबै परमाणु ऊर्जा संयत्रमा सबैभन्दा रेडियोधर्मी पदार्थ छ । यसको अर्थ, यदी यो ठाउँमा आक्रमण भयो भने विकिरण तुरुन्तै चारैतिर फैलिन थाल्छ । यसपछि विकिरणको बादल बन्न थाल्छ । यद्यपि यी बादलहरू कुन दिशामा सर्छन्, मौसमले निर्णय गर्नेछ ।’ उनले कडा स्वरमा जोखिम धेरै भएको बताए ।

युक्रेनी प्रमुखले रुसले हाम्रो आणविक उर्जा ग्रिडलाई आफ्नो देशसँग जोड्न चाहेको बताए । यो प्रक्रिया प्राविधिक रूपमा धेरै गाह्रो छ । यसो गर्नको लागि, यसलाई पहिले युक्रेनी प्रणालीबाट विच्छेद गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै यसलाई विस्तारै रुसी ग्रिडमा जोडिनेछ ।
पेट्रो कोटिनले रुसले आणविक उर्जा प्लान्टका सबै लाइनलाई क्षति पुर्याउने योजना बनाएको बताउँछन् । त्यसपछि जापोरिज्ज्या युक्रेनी पावर प्रणाली जडान हुनेछैन ।

रुसले युक्रेनको ऊर्जा आपूर्ति पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको छ । यसबाहेक, रुस युक्रेनी आणविक प्लान्टबाट उत्पादित बिजुली आफ्नो क्षेत्रमा स्थानान्तरण गर्न चाहन्छ । फेब्रुअरी २६ मा सुरु भएको युद्धको एक महिना भित्र, रूसले युक्रेनले परमामु बम निर्माण गर्न आफ्नो आणविक उर्जा केन्द्र मार्फत युरेनियम प्रवर्धन गर्ने योजना बनाएको दाबी गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com