बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते, ६ हप्ता काम गर्न नसक्ने


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन् । रोहित शेट्टीको आगामी वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका क्रममा घाइते भएको भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सले जनाएको छ । उनको देब्रे खुट्टा भाँचिएको छ ।

अभिनेत्री शेट्टीले इन्स्टाग्राममा तस्वीर सेयर गर्दै आफ्नो अवस्था फ्यानसँग सेयर गरेकी छिन् । उनले तस्बिरसँगै खुट्टा भाँचिएको जानकारी दिँदै ६ हप्तासम्म काम गर्न नसक्ने बताएकी छन् ।उक्त तस्वीरमा शिल्पा शेट्टी ह्वीलचेयरमा बसेकी छिन् । उनको खुट्टामा पट्टी बाँधिएको छ । तर उनले मुस्कानसहितको पोज दिएकी छन् ।

तस्बिरसँगै उनले लेखेकी छन्, ‘रोल, क्यामरा, एक्सन, र मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म एक्सन गर्न पाउँदिन् । तर, म चाँडै बलियो र स्वस्थ हुनेछु । तब सम्म, यसलाई आफ्नो प्रार्थनामा सम्झिनुहोला । प्राथनाले सधैं काम गर्छ । कृतज्ञता सहित, शिल्पा शेट्टी कुन्द्रा’

तस्बिर बाहिरिएपछि उनका शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । डिजाइनर मनिष मल्होत्राले कमेन्ट गर्दै लेखेका छन्– ‘शिल्पा चाँडै निको होस् ।’ यस्तै, गायक बादशाहले भनेका छन्– ‘हे यार’ ।

यसै क्रममा, कान्छी बहिनी शमिता शेट्टीले लेखेकी छिन् – ‘मेरी मुन्की धेरै बलियो छ ।’ सोफी चौधरीले लेख्छिन्,– ‘हे भगवान !! शिल्पा चाँडै निको होस् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com