चिनद्धारा ताइवान वरिपरि सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न गरेको घोषणा


प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणविरुद्ध ताइवान वरिपरि १० दिने सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेको छ । चिँनिया जनमुक्ति सेनाका पूर्वी थिएटर कमाण्डले ताइवान वरिपरि संयुक्त सैन्य अभियान सफलतापूर्वक सम्पन्न भएको बताएको ग्लोबल टाइम्सले जनाएको छ ।

जनमुक्ति सेनाका पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्णेल शी यीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले हालै ताइवानको टापु वरपरको समुद्र र आकाशमा संयुक्त सैन्य अभियान सञ्चालन गरेको र सफलतापूर्वक सम्पन्न गरेको बताएको छ ।

यीले सेनाको थिएटर कमाण्डले ताइवान स्ट्रेटको बदलिँदो अवस्थालाई नजिकबाट अनुगमन गर्ने, तालिम र लडाई तयारी गर्ने, नियमित लडाई तयारी प्रहरी गस्ती गर्ने र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको कडाइका साथ रक्षा गर्ने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com