गठबन्धन नेतालाई जिताउन मात्र हैन : मन्त्री कार्की


प्रकाशित मिति : श्रावण २४, २०७९ मंगलबार

dGqL sfsL{af6 dlGqkl/ifbsf lg0f{o ;fj{hlgs sf7df8f}F, #@ ;fpg M dlGqkl/ifb a}7ssf] lg0f{o ;fj{glhs ub}{ sfg’g Gofo tyf ;+;bLo dfldnfdGqL Pjd ;/sf/sf k|jQmf 1fg]Gb|axfb’/ sfsL{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबनधन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताउनुभएको हो ।

“गठबन्धन मुलकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भई देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भन्नुभयो । उहाँले आगामी दिनमा गठबन्धन कायम राख्दै आउँदो निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अगाडि बढिरहेको बताउनुभयो ।

मन्त्री कार्कीले निर्वाचनपश्चात् पनि गठबन्धनको साझा अवधारणाअनुरूप अगाडि बढेर देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “संविधानको रक्षा, मुलुकमा कानूनी शासनको प्रत्याभूति र सुशासनलाई यो सरकारले आफ्नो प्रमुख कार्यभारको रूपमा अङ्गिकार गर्दै मुलुकलाई सोही दिशातर्फ अघि बढाएको छ ।” मुलुकलाई राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई लैजान यो सरकार गठन भएको उहाँको जिकिर थियो ।

गठबन्धनको चुनावी तालमेल कार्यदलले के के गर्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री कार्कीले कार्यदलको बैठक सुरु भई सकारात्मकरूपमा अघि बढेकाले कार्यदलले कसरी, कुन कुन पार्टीलाई एकजुट बनाएर लैजाने भन्ने छलफल गरेर छिट्टै शीर्षस्थ नेतृत्वलाई प्रतिवेदन दिन्छ भन्नुभयो । “राजनीतिमा पावर शेयरिङ पनि महत्वपूर्ण विषय हो, यसबारे गम्भीर छलफल हुन्छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री कार्कीले मुलुक स्थानीय निर्वाचन सम्पन्न गरी प्रदेश र प्रतिनिभिसभाको निर्वाचन उन्मुख भएको उल्लेख गर्दै त्यस निर्वाचनले लोकतन्त्रको जगलाई अझ मजबुत बनाएको दाबी गर्नुभयो । उहाँले स्थानीय निर्वाचनमा झैँ शान्तिपूर्ण, निष्पक्ष र निर्भय ढङ्गले आगामी मङ्सिर ४ गते सम्पूर्ण नागरिकले स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ मतदानमा भाग लिनु हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो निर्वाचनले मुलुकलाई संविधानको परिकल्पनाअनुसार नेपालीको समृद्ध बन्ने आकांक्षालाई मूर्तरूप दिन नेपाली कांग्रेसलाई अग्रणी पार्टीका रूपमा स्थापित गर्नुपर्ने आजको दायित्व हो ।” उहाँले फरक प्रसङ्गमा नेपाल दक्षिण एशियामा नै कोभिडविरुद्धको खोपमा अग्रणी देशका रूपमा स्थापित भएको बताउनुभयो । कार्यक्रम युनियनका जिल्लाध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com