फ्लोरिडामा रहेको ट्रम्पको रिसोर्टमा एफबीआईको छापा


प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार

अमेरिकाको फ्लोरिडामा रहेको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मार ए लागो रिसोर्टमा एफबीआईले छापा मारेको छ । सोमबार रिसोर्टमा छापा मारेको पूर्व राष्ट्रपति ट्रम्पले पुष्टी गरेका छन् ।

तर एफबीआईएका एजेन्टहरुले किन छापा मारे भन्नेबारे ट्रम्पले केही बताएका छैनन् । तर उनले छापा अघोषित रहेको र एफबीआईएका एजेण्टहरुले तिजौरी समेत तोडफोेड गरेको ट्रम्पले बताए ।

ट्रम्पले वक्तव्यमार्फत भनेका छन् -‘फ्लोरिडाको पाम बीचमा रहेको मेरो सुन्दर घर मारए लागो एफबीआई एजेन्टहरूको ठूलो समूहद्वारा घेराबन्दी गरिएको छ । छापा मारिएको छ । र कब्जामा राखिएको छ ।’

एफबीआईले छापा मार्दा ट्रम्प भने फ्लोरिडामा थिएनन्। सोमबार बिहानै देखि छापा मारिएको थियो । एफबीआईका एजेण्टहरु ट्रम्पको कार्यालय र व्यक्तिगत क्वार्टरहरू रहेको क्षेत्रमा केन्द्रित भएका थिए ।

जस्टिस डिपार्टमेन्टले यसबारे केही बताएको छैन । ह्वाइट हाउसले पनि यसबारे प्रतिकृया जनाएको छैन । ह्वाइट हाउसका एक अधिकारीले छापा मार्ने बारे आफूहरुलाई जानकारी नभएको बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com