मालीमा भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए


प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार

मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ । यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो ।

सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि आक्रमण गरेको थियो । उक्त आक्रमणमा पाँच जना सो समूहका सदस्य पनि मारिएका छन् ।

मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com