सिनेटबाट बृहत स्वास्थ्य सेवा र जलवायु विधेयक पारित, ५०-५० मत पछि उपराष्ट्रपतिबाट टाइब्रेक


प्रकाशित मिति : श्रावण २२, २०७९ आईतबार

सिनेटबाट कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि एक बृहत बिल पारित भएको छ । बिलको पक्ष र विपक्षमा पचास पचास मत खसेपछि उपराष्ट्रपति कमला ह्यारिसले गतिरोध तोड्न र प्याकेजलाई सदनमा पठाउन टाइब्रेक गर्दै निर्णायक मतदान गरिन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको ७४० बिलियन डलरको बिलले ठूला विजनेशमा कर बढाउने, जलवायु परिवर्तनसँग जुध्ने, डाक्टरबाट सिफारिस गरिएका औषधिको मूल्य घटाउने र घाटा कम गर्ने विषय समेटेको छ । शनिबार बेलुकादेखि आइतबारविहानसम्म रातभर भोट अ रामा प्रकृया अपनाएपछि आइतबार दिउसो यो बिल पारित गरिएको हो ।

शनिबार राती साढे ११ बजे सुरु भएको भोट अ रामा प्रकृया प्रकृया आइतबार विहानसम्म चलेको थियो । यो प्रकृया विधेयक पारित गर्ने अन्तिम चरणमध्येको एकपछि अर्को संशोधन भोटहरूको श्रृंखला थियो । संशोधनको मत सकिएपछि विधेयक पारित गर्नका लागि आइतबार दिउसो अन्तिम मतदान गरिएको थियो ।

यो बिलले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो जलवायु लगानीको प्रतिनिधित्व गर्नेछ । त्यस्तै मेडिकेयरलाई निश्चित औषधिहरूको मूल्यमा मोलतोल गर्न र म्याद सकिने स्वास्थ्य सेवा अनुदानहरू तीनबर्षका लागि विस्तार गर्न पहिलो पटक शक्ति प्रदान गर्नेछ ।

यो प्याकेजले डेमोक्र्याटहरूलाई आगामी मध्यावधि चुनाव अघि प्रमुख नीतिगत उद्देश्यहरू हासिल गर्ने मौका दिनेछ। सिनेट डेमोक्र्याटहरूले रिपब्लिकन भोट बिना प्याकेज पारित गर्न विशेष प्रक्रिया प्रयोग गरेका छन् । सिनेटमा पारित यो बलिमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु अगाडि प्रतिनिधि सभाले अनुमोदन गर्नुपर्नेछ।

बिलका प्रावधानहरूले निजी बीमा बजारमा साथै मेडिकेयर मार्फत इन्सुलिनको मूल्य ३५ डलरमा सिमित गर्छ । बिल पारित भएपछि जलवायु परिवर्तनसँग लड्ने, स्वास्थ्य सेवाको लागत घटाउने, धनीहरूले दुरुपयोग गर्ने कर छुटहरू बन्द गर्ने र घाटा घटाउने सबै लक्ष्यहरू पूरा हुने डेमोक्र्याट्सहरुको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com