त्रासदीपूर्ण घटनाको ७७ वर्षः अझै रोइरहेछन् हिरोसिमा र नागासाकी


प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार

Smoldering ruins of Nagasaki, about 700 meters from the hypocenter.

सन् १९४५ अगस्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो । जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए । त्यतिबेलै अमेरिकी बमवर्षक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो । निमेषमै हिरोसिमा खण्डहर बन्यो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकिरण फैलियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो ।

हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगस्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । नागासाकी निवासी पनि हिरोसिमाकै नियति बेहोर्न बाध्य भए । लाखौँको मृत्यु भयो । हजारौँ घाइते भए । सहर क्षणभरमा खरानी बन्यो । विस्फोटपछि मानिसका शरीरका छाला खस्न थाले । नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए । बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भयो ।

विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ । तर समकालीन विश्वले न सो विध्वंसलाई बिर्सन सकेको छ । न त्यसको भयबाट मुक्त हुन नै । विश्वबाट पारमाणविक हतियार निःशस्त्रीकरण गर्नुपर्ने आवाज उठिरहेको भए पनि त्यस्ता हतियार भण्डारण गर्ने राष्ट्रले त्यसलाई सम्बोधन गरेका छैनन् । अझै पनि विश्वका विभिन्न मुलुकसँग २४ हजार बढी पारमाणविक हतियार रहेको सार्वजनिक भएका छन् ।

उक्त घटनाको स्मृतिमा विश्वभर विभिन्न कार्यक्रम गरिएको छ । नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनले ७७ औँ हिरोसिमा–नागासाकी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले अझै पनि पारमाणविक हतियार निःशस्त्रीकरण गर्ने विषय कागजमा मात्रै सीमित भएकाले जुनसुकै बेला त्यस्ता हतियारको प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिभुवन विश्वविद्यालय, रसायन शास्त्र विभागका प्रा डा मोती भुसालले हिरोसिमा र नागासाकी आक्रमणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पारमाणविक शक्ति सम्पन्न राष्ट्रबिच युद्धको अवस्था सिर्जना भए त्यसले विश्व समुदायलाई नै प्रभावित पार्ने बताउनुभयो । भौगोलिक रूपमा नेपालका छिमेकी मुलुकले पनि पारमाणविक हतियार भण्डारण गरिरहेको र प्राविधिक चुहावट भए मात्रै पनि नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि रसायन शास्त्र विभागका प्राध्यापक डा मन्दिरा प्रधानाङ्गले पारमाणविक आक्रमण भएको क्षेत्रको आफूले स्थलगत भ्रमण गरेको र अहिले पनि त्यहाँका नागरिक त्रसित अवस्थामा रहेको सुनाउनुभयो । कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अबको युद्ध पारमाणविक हतियार सम्पन्न मुलुकबिच हुने अवस्था देखिएको उल्लेख गर्दै त्यस्तो अवस्था आए कसैले पनि नजित्ने र मानवता हार्ने बताउनुभयो ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com