युक्रेनमा जस्तै ताइवानमा पनि हतियार चलाउन सिक्दै सर्वसाधारण


प्रकाशित मिति : श्रावण २१, २०७९ शनिबार

रुस–युक्रेन युद्धले ताइवानमा ठूलो प्रभाव पारेको छ ।

गत साताको अन्त्यमा राजधानी ताइपेइ नजिकैको बन्द कारखाना भवनमा ३० जना युवायुवतीले बन्दुक चलाउन सिक्दै थिए । उनीहरुसँग कम्प्रेस्ड एयर हतियार थिए । र यो तालिम म्याक्स च्याङको कम्पनीले दिइरहेको थियो ।

म्याक्स चियाङका अनुशार फेबु्रअरीदेखि हालसम्म हतियार चलाउन सिक्नेहरूको संख्या ५० प्रतिशतले बढेको छ। तीमध्ये ४० देखि ५० प्रतिशत महिला छन् ।

एक बलियो देशले सानो छिमेकी देशलाई आक्रमण गर्न सक्छ भन्ने कुरा ताइवानका जनताले बुझ्न थालेका छन् । उनीहरूले युक्रेनमा भएको अवस्था देखेका छन् । त्यस्तै अवस्था ताइवानमा पनि आउनसक्नेमा उनीहरु सचेत छन् ।

मानिसहरुले लडाईका तरिकाहरु सिकिरहेका छन् । यो समूहसँग बडी आर्मर, हेलमेट र रेडियो सञ्चार उपकरणहरू समेत छन् ।

टेबुलमा आफ्नो बन्दुक लोड गरिरहेकी लिसा शूए नामकी एक युवतीले चीनसँगको तनाव युद्धमा परिणत भएमा आफूले आफ्नो र परिवारको सुरक्षा गर्ने बताइन् । त्यसैले हतियार चलाउन सिकिरहेको उनले बताइन् ।

आफू जस्ता महिलाहरू लड्न अग्रपंक्तिमा जान नसकेपनि युद्ध भएमा आफ्नो घरमा सुरक्षित हुन सक्षम हुने उनले बताइन् ।

ताइवानको स्याटेलाइट चित्र

लिसा भन्छिन् – ‘म हाम्रो स्वतन्त्रताको रक्षा गर्नेछु । हामी लोकतान्त्रिक देशमा बस्छौं । त्यसैले यी हाम्रा आधारभूत अधिकार हुन्। हामीले यी मूल्यमान्यताहरू पालना गर्नुपर्छ। चीनमा प्रजातान्त्रिक अधिकार छैन । त्यसैले म ताइवानमा जन्मनुलाई सौभाग्य ठान्छु ।’

ताइवानमा हुनेहरुलाई अहिले उनीहरुका आफन्त र साथीहरुले चिन्ता व्यक्त गर्दै सन्देशहरु पठाउने गरेका छन् । उनीहरुले सुरक्षा ज्याकेट भए नभएको वा होटेलमा विस्फोटबाट बचाउने शेल्टर भए नभएकोबारे सोध्ने गरेका छन् ।

उनीहरुले चीनका सरकारी मिडियाबाट आएका उत्तेजक भनाईहरु सुनेका कारण ताइवानमा रहेका आफन्त र साथीहरुबारे चिन्ता व्यक्त गरेका हुन् । साथै अमेरिकामा रहेका विश्लेषकहरुले पनि चीनबाट टाढा रहन चेतावनी दिदै आएका छन् ।

तर, ताइवानका जनताको मनोवृत्ति त्यस्तो छैन । चर्चित गायक फ्रेडी लिम अहिले सत्तारुढ दलबाट सांसद छन् । आजकल उनको कपाल छोटो छ र स्मार्ट शर्ट लगाउँछन् । उनको शर्टको छेउबाट उनको ट्याटु अझै देखिन्छ ।

न्यान्सी पेलोसी जस्ता शीर्ष नेताहरूलाई ताइवानमा स्वागत गर्ने आधारभूत सिद्धान्त रहेको उनी बताउँछन् । ताइवानका सबै राजनीतिक दलहरू यसमा सहमत छन् ।
विपक्षी केएमटी सांसद चाल्र्स चेनले पनि सभामुख पेलोसीको भ्रमण अमेरिकाको लागि ताइवान र ताइवानको लोकतन्त्रलाई समर्थन देखाउने महत्वपूर्ण समय भएको बताएका थिए ।

ताइवानको विश्वास छ कि अमेरिकाको तेस्रो शक्तिशाली राजनीतिज्ञको आगमनले प्रतीकात्मक रूपमा धेरै अर्थ राख्छ । ताइवान त्यस्ता थप भ्रमणहरूको लागि तत्पर छ ।

यद्यपि पेलोसीको भ्रमणले ताइवानको वर्तमान अवस्थालाई परिवर्तन गर्न सक्दैन । ताइवानको स्वतन्त्रता र लोकतान्त्रिक देशको हैसियत अझै पनि शंकाको घेरामा छ ।
सैन्य शक्तिमा ताइवान चीनभन्दा धेरै पछाडि रहेको अवस्थामा शक्तिको बलमा ताइवानलाई चीनसँग गाभ्ने धम्की वास्तविकतामा परिणत हुनसक्ने अनुमान जनताले गरेका छन् ।

गत हप्ता ताइवानले पाँच दिनको सैन्य अभ्यासमा भव्य रूपमा प्रत्यक्ष फायर ड्रिल र हावा र पानीको फायरपावर मार्फत आफ्नो सैन्य पराक्रम देखायो ।
यो आधुनिक सेनाको प्रभावकारी प्रदर्शन थियो । तर यसले ताइवान चीनभन्दा कति पछाडि छ भनेर देखाउँछ ।

ताइवानका ट्याङ्क, हतियार र लडाकु विमानहरू पुरानो भइसकेका छन् । यसको नौसेना जहाजहरूमा उन्नत राडार र मिसाइल प्रणालीको अभाव छ । यसमा आधुनिक पनडुब्बी पनि छैन ।

चीनले ताइवानलाई लडाइँमा जित्नेमा कुनै शंका छैन ।

तर कुन अवस्थामा चीनले आक्रमण गर्छ ? चीनको लागि त्यो अन्तिम रेखा परम्परागत रूपमा ताइवानको स्वतन्त्रताको आधिकारिक घोषणा हो ।

ताइवान स्वतन्त्र हुँदैछ र यसलाई फिर्ता ल्याउने अर्को कुनै उपाय छैन भन्ने विश्वस्त भएमा चीनले ताइवानमाथि आक्रमण गर्न सक्छ ।

ताइवानको केएमटी पार्टीले चीनलाई ताइवानले यथास्थिति परिवर्तन गर्दैन भनेर आश्वासन दिन चाहन्छ । तर फ्रेडी लिम जस्ता नेताहरूले चीनलाई सन्तुष्ट पार्ने बाटो असफल भएको र ताइवानको लागि बलियो प्रतिरक्षा मात्र एकमात्र उपाय भएको विश्वास गर्छन् ।

फ्रेडी लिम उनले भने -‘हामीले दशकौंदेखि चीनलाई खुसी पार्ने प्रयास गरेका छौं, र यसले उनीहरूलाई खुसी पार्न नसक्ने कुरा प्रमाणित गर्छ।’

युक्रेन युद्धका सर्वेक्षणहरूले ताइवानी जनताले बलियो प्रतिरक्षालाई समर्थन गर्ने देखिएको छ । युवा पुस्तमा आफ्नो देशलाई बचाउन दृढ इच्छाशक्ति रहेको छ ।

कभर तस्वीरमा ताइवानको सेना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com