ह्वाइट हाउस नजिकै परेको चट्याङमा तीन जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

Capitol Hill, U.S.A.

ह्वाइट हाउसको उत्तरमा रहेको लाफायेट स्क्वायरमा चट्याङ पर्दा विस्कन्सिनका एक जोडीसहित तीन जनाको मृत्यु भएको डीसी प्रहरीले बताएको छ । बिहिबार साँझ ७ बज्नै लाग्दा परेको चट्याङ दुई पुरुष र दुई महिला गरी चार जना गम्भीर घाइते भएका छन् ।

पार्कको बीचमा एन्ड्रयू ज्याक्सनको मूर्तिको लगभग एकसय फिट दक्षिणपूर्व रूखहरूको आडमा चट्याङ परेको हो । युएस सेक्रेट सर्भिस र यूएस पार्क पुलिसले पीडितहरूलाई सहायता प्रदान गरेको थियो ।

मृत्यु हुनेहरूमा सेवानिवृत्त शिक्षिका ७५ बर्षकी डोना मुलर र उनका पति ७६ बर्षका जेम्स मुलर रहेका छिन् । उनी सेवानिवृत्त हुनु अघि दशकौंसम्म ड्राईवाल व्यवसायको मालिक थिए । उनीहरु विवाह गर्नुअघि हाईस्कूलका प्रेमीप्रेमिका थिए भने विवाहको बार्षिकी मनाउने क्रममा वाशिंगटन डिसी घुम्न आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृत्यु भएका अर्का व्यक्ति २९ वर्षीय पुरुष रहेको प्रहरीले शुक्रबार दिउँसो बताएको छ । आफन्तहरुलाई जानकारी नदिइएकाले उनको नाम सार्वजनिक गरिएको छैन ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जीन पियरले वक्तव्यमार्फत लाफेएट पार्कमा चट्याङ पर्दा ज्यान गुमाउनु परेकोमा दुख व्यक्त गरेकी छिन् । उनले मृतकका आफन्तहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेको श्वास्थ्यलाभका लागि प्राथना समेत गरेकी छिन् ।

चट्याङले अग्लो वस्तुहरूमा प्रहार गर्ने भएकाले विज्ञहरूले आँधीबेहरीको बेला रूखमुनि बस्न अत्यन्त खतरनाक हुने चेतावनी दिन्छन्। जब चट्याङले रूख वा अन्य वस्तुलाई प्रहार गर्दछ, धेरै ऊर्जा जमिनको सतह भित्र र छेउबाट बाहिर जान्छ।

एन्ड्रयू ज्याक्सनको मूर्तिको लगभग एकसय फिट दक्षिणपूर्व रूखहरूको आडमा चट्याङ परेको हो ।

अमेरिकामा चट्याङले वर्षमा औषत २३ जनाको ज्यान लिने गरेको छ । बिहीबारको चट्याङबाट भएको मृत्यु र बाल्टिमोर काउन्टीमा अर्को चट्याङमा भएको मृत्यु समेत जोड्दा यो बर्ष अमेरिकामा चट्याङबाट १३ जनाको मृत्यु भएको छ । गत बर्ष ११ जनाको मृत्यु भएको थियो ।

बिहिबारको घटना सन् १९९१ यता वासिंटन डिसीमा सबैभन्दा घातक चट्याङको घटना हो। सन् १९९१ मा उत्तरपश्चिम वासिङ्टनको सेन्ट अल्बान्स स्कूलमा एक किशोरको मृत्यु भएको थियो भने अन्य १० जना घाइते भएका थिए ।

जुन २०२० मा उत्तरपश्चिम वाशिंगटनको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू नजिकै चट्याङ लागेर दुई अमेरिकी सेना घाइते भएका थिए। सन् १९९१ मा एक कन्सर्टको क्रममा स्टेडियममा चट्याङ पर्दा एक महिला गम्भीर घाइते भएकी थिइन् भने अन्य केही दर्शकहरु घाइते भएका थिए ।

जुलाई र अगस्ट अमेरिकामा धेरै चट्याङ पर्ने महिनाहरु हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com